मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

मुख्यमन्त्री कोहलपुर गोल्डकपमा राइजिङ स्टार फाइनल प्रवेश

Ujyalosandeshonline 11768+ समाचार ( )
२३ फाल्गुन २०८१, शुक्रबार

बाँके । मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगितामा राइजिङ स्टार फुटबल क्लब नवलपरासी फाइनलमा प्रवेश गरेको छ । काँक्रेविहार फुटबल क्लब सुर्खेतलाई पेनाल्टी सुटआउटमा हराउँदै राइजिङ स्टार फाइनल प्रवेश गरेको छ । 

फाइनल प्रवेश गरेसँगै राइजिङले आयोजक रेसिङ साहारासँग उपाधि भिडन्त पक्का गरेको छ । पहिलो हाफको १९ औं मिनेटमा राइजिङ स्टारका फाकुन्ले अवयोमी बोलसियुनले टिमलाई अग्रता दिलाएका थिए । खेलको ७८ औं मिनेटमा काँक्रेविहारका धनसिंह विकले बराबरी गोल फर्काए । निर्धारित समयमा १–१ को बराबरी भएपछि पेनाल्टी सुटआउटमा राइजिङ स्टार ५–४ ले विजयी बनेको हो । 

खेलको म्यान द म्याच राइजिङ स्टारका फाकुन्ले घोषित भए । उनले नगद पाँच हजार रुपैयाँ प्राप्त गरेका छन् । उनलाई राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्प पौडेल, नेकपा एमाले बाँकेका सचिव बलराम भट्टराई, नेपाली काँग्रेस क्षेत्र नम्बर १ का सभापति पोषण केसी र कोहलपुर उद्योण वाणिज्य संघका अध्यक्ष प्रदीप भट्टराईले संयुक्त रुपमा प्रदान गरेका थिए । 

प्रतियोगिताको फाइनल फागुन २४ हुनेछ । कोहलपुर रेसिङ साहारा फुटबल क्लब बाँकेको आयोजनामा फागुन १७ गतेदेखि प्रतियोगिता प्रथम हुने टिमले आठ लाख रुपैयाँ र द्वितीय हुने टिमले चार लाख रुपैयाँ पुरस्कार पाउने कार्यक्रमका संयोजक कर्ण बस्नेतले जनाएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार