मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

पर्यटन प्रवद्र्धनको ढोका होटल व्यवसायी नै हुन् : मन्त्री पाण्डे

Ujyalosandeshonline 12614+ समाचार ( )
१७ श्रावण २०८२, शुक्रबार

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले होटल व्यवसायलाई पर्यटन प्रवद्र्धनको मूल आधारको रूपमा अघि सार्नुपर्ने बताएका छन् । काठमाडौंमा शुक्रबार आयोजित एकता होटल तथा गेष्टहाउस व्यवसायी संघ नेपालको १३ औं वार्षिक साधारण सभा तथा सातौं अधिवेशनको उद्घाटन समारोहमा बोल्दै मन्त्री पाण्डेले होटल व्यवसाय पर्यटन क्षेत्रको मेरुदण्ड भएको उल्लेख गरेका हुन् ।

‘भौतिक र अभौतिक आतिथ्यता दुबैमा होटल व्यवसायीको भूमिका महत्वपूर्ण हुन्छ,’मन्त्री पाण्डेले भने, ‘जति धेरै होटल व्यवसायीले सेवा प्रवाहमा मिहिनेत गर्नुहुन्छ, त्यति नै पर्यटन क्षेत्रले पनि फाइदा लिन्छ ।’ उनले विदेशबाट आउने पर्यटकहरू हिमाल हेर्न आउने भएतापनि नेपालीको मुस्कानमा मोहित भएर फर्कने गरेको उल्लेख गर्दै आतिथ्य संस्कृतिमा सुधार गर्नुपर्ने धारणा व्यक्त गरे । 

उनले भने, ‘विदेशबाट आउने पर्यटकहरु नेपालको हिमाल हेर्न भनेर आएको हुन् तर नेपालीहरुको मुस्कान हेरेर फर्किउ भन्ने हामी सुन्छौं । त्यसैले एक पटक नेपाल आएको विदेशीले पटक –पटक म नेपाल फर्किन्छु भन्ने सन्देश लिएर जान सक्नुपर्छ । त्यसको मुल विन्दुको ढोकामा होटेल व्यवसायीहरु हुनुहुन्छ ।’

मन्त्री पाण्डेले पछिल्लो पुस्ताले व्यवसायिक यात्रामा संयमता र धैर्यता अपनाउनु पर्नेमा जोड दिए । ‘अहिले हामी हतारमै पैसा कमाउने, चाँडै करियर बनाउने, सीमाना मिचेर अरबौं कमाउने मनोवृत्तिमा छौं,’ उनले भने, ‘तर शिखर चढ्न तल्लो सिँढीबाटै पाइलो चाल्नुपर्छ । एकै पटक शिखर चुम्ने सोच विफल हुन्छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार