मुख्य समाचार
सिमकोट आइपुगेका मानसरोवर कैलाश तीर्थयात्रा हिँडेको तीर्थयात्री | हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो | झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य | परीक्षणसम्बन्धी नयाँ नियमले चिया निर्यात ठप्प | प्रहरी टोलीमाथि आक्रमण गर्ने मनसुरी नवलपरासीबाट पक्राउ | नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा पदबहाली | पाल्पा पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा | ट्राउट फार्मबाटै जीवन धान्दै, पर्यटक तान्दै गुरुङ दाजुभाइ | सदनमा सांसदको कहर : ‘ काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’ | शैक्षिक सामग्री वितरण गरी शेषमणिले मनाए आफ्नो जन्मदिन |

८४ को चुनाव अघि नै पार्टीमा नयाँ नेतृत्व आउँछ : महामन्त्री शर्मा

Ujyalosandeshonline 11308+ समाचार ( )
१३ फाल्गुन २०८१, मङ्गलबार

इटहरी । राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको कोशी प्रदेशको प्रथम अधिवेशन उद्घाटनका लागि मङ्गलवार इटहरी आएका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले २०८४ को चुनाव अघि नै पार्टीको अधिवेशन सम्पन्न हुने बताएका छन् । 

कांग्रेसमा ८४ को चुनाव पछि मात्र महाधिवेशन गर्नुपर्ने आवाज उठिरहेको सन्दर्भमा महामन्त्री शर्माले ८४ को निर्वाचनमा वडा देखी केन्द्र सम्म नयाँ नेतृत्वका साथ पार्टी चुनावमा होमिने शर्माले बताएका हुन् । उनले भने, ‘नेपाली कांग्रेसको महाधिवेशन ८४ पछि गए हुन्थ्यो भन्ने निर्दोष भावना हो । त्यो भावनाको म मात्रै रेस्पेक्ट गर्छु ।’

उनले थप भने, ‘जिल्लाका साथीहरु विधानले तोकेको नियमावली भित्र रहेर टुङगाउनुस् र हामीले भनेका पनि छौ नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि बन्नु छ तर क्रियाशिल चै नबन्ने अनि महाधिवेशनको मिति तोकेपछि फटाफट गर्नुपर्ने ढोका बन्द भएपछाडि हुदैन ।

निर्धारित समय भित्र क्रियाशिल सदस्यता नविकरणको कामलाई व्यवस्थित गरौ । त्यसपछि महाधिवेशनको ढोका खुल्छ । पार्टीका सबै साथीहरु तयार भए हुन्छ । आगामी ८४को निवार्चनमा नेपाली कांग्रेस पार्टी प्रतिस्पर्धामा  जानुभन्दा अगाडि केन्द्रदेखि लिएर वडा वडासम्म प्रतिस्पर्धा गरी सर्वसम्मतको प्रक्रियाबाट नया नेतृत्व आएर नेपाली कांग्रेस आगामी ८४को निवार्चनमा जान्छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार