मुख्य समाचार
कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद | चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही | मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण | रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत |

पर्यटन प्रवर्द्धनका लागि कञ्चन गाउँपालिकामा चित्रकला कार्यशाला हुँदै

Ujyalosandeshonline 12450+ समाचार ( )
११ जेठ २०८२, शनिबार

रुपन्देही । रुपन्देहीको कञ्चन गाउँपालिकाले पालिकाभित्रका पर्यटकीय, धार्मिक, साँस्कृतिक एवं पुरातात्विक सम्पदाको प्रवर्द्धन गर्ने उद्देश्यले चित्रकला प्रदर्शनी गर्ने भएको छ । गाउँपालिकाले नेपाल ललितकला प्रतिष्ठान काठमाडौंसँगको सहकार्यमा यही जेठको अन्तिम सातादेखि चित्रकला कार्यशाला गर्ने भएको प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद पोख्रेलले जानकारी दिनुभयो ।

दुई दिनसम्म चल्ने उक्त कार्यशालामा राष्ट्रिय तथा स्थानीय ख्यातिप्राप्त कलाकारहरुको सहभागीतामा नेपाल ललितकला प्रतिष्ठान काठमाडौंका २० जना बढी कलाकारले गाउँपालिकाभित्र पर्ने ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा प्राकृतिक सम्पदाहरु तथा बुद्ध जन्मस्थल लुम्बिनीसँग सम्बन्धित विषयवस्तुहरुको चित्रकला क्यानभासमा उतार्ने कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले बताउनुभयो ।

पालिकाको समग्र सम्पदाहरुको प्रचारप्रसार, संरक्षण एवं संबद्र्धन गरी आन्तरिक तथा बाह्य पर्यटनलाई थप टेवा दिन चित्रकला कार्यशाला गर्न लागेको गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले बताउनुभयो । कञ्चन गाउँपालिकाको वडा नम्बर १ स्थित गजेडी (दानापुर) ताल परिसरमा आयोजना गर्न लागिएको सो चित्रकला कार्यशालामार्फत सिर्जनशीलताको विकाससँगै पर्यटन प्रवर्द्धन गर्न थप सहयोग पुग्ने अपेक्षा गरिएको प्रमुख प्रशासकीय अधिकृत पोख्रेलले बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार