मुख्य समाचार
रोहिणीबाट रु. २६ लाखभन्दा बढीको अवैध मोटर पार्टस र गाडीसहित चालक पक्राउ | डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख ७५ हजार सहयोग | पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन | महाकालीमा पानीको बहाव वर्षकै उच्च | नागरिकको दुःखमा मलम लगाउन ओमसतिया गाउँपालिका तत्पर: प्रधानमन्त्री राहत कोषमा रु. २४ लाख सङ्कलन | ठाडेखोला कल्भर्ट निर्माण गरिँदै | मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु | सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै |

युवाहरुलाई स्वेदशमै राख्न नसक्नु दुर्भाग्यपूर्ण : नेता कोइराला

Ujyalosandeshonline 12208+ समाचार ( )
२८ श्रावण २०८१, सोमबार

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शंशाक कोइरालाले युवाहरुलाई स्वेदशमै  राख्न नसक्नु दुर्भाग्यपूर्ण भएको बताएका छन् । सोमबार काठमाडौंमा अन्तराष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले नेपालमा नै युवाहरुको विवेकलाई प्रयोग गरेर उनीहरुलाई स्वदेशमा नै रोक्न आवश्यक रहेको बताए । 

उनले भने, ‘युवाहरुलाई म के भन्न चाहन्छु भने विवेक प्रयोग गर । मान्छेको विवेक हुन्छ, अनि न उस्ले सजिलोसँग निर्णय गर्न सक्छ । विवेकहिन भयो भने त पशुसरह हो नि । आजभोली युवाहरु धेरैजस्तो पढ्छन् र विदेश जान्छन् । हामीले नेपालमा नै उनीहरुलाई किन राख्न नसकेको ? सत्र लाख हेक्टर जमिन खेति योग्य छ । त्यसले तीन करोड होइन तीस करोड जनतालाई खुवाउन सक्छ । तर आज हामी आज बाहिरबाट पनि ल्याउछौं । यहाँ उब्जाउदैनौं । खेत बाँझो छ ।’ 

उनले राष्ट्रको भविष्य नै युवाहरुको हातमा रहेको भन्दै युवाहरुलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताए ।उनले भने, ‘राष्ट्रको भविष्य नै युवाहरुको हातमा छ । युवाहरुलाई कसरी प्रयोग गर्ने सोच्नुपर्छ । नेपाली कांग्रेसको केन्द्रीय समितिमा ५० वर्षभन्दा तलको उमेरको एक जनापनि सदस्य छैन् । हामीले कसरी आकर्षित गर्ने ल्याउनुपर्छ नि भविष्य उनीहरुको हातमा छ । हामी त बुढो भइसक्यौं । त्यसैले युवाहरुलाई प्रोत्साहन गर्नुपर्छ  ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार