मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |
मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |


संघीयताको सवलिकरणनै बलियो प्रदेशः मुख्यमन्त्री आचार्य

Ujyalosandeshonline 11005+ समाचार ( )
२ अशोज २०८१, बुधवार

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानले संघीयताको सवलिकरणका लागी प्रदेशलाई कानुनी रुपमा बलियो बनाउनुपर्ने बताउनु भएको छ । संविधान दिवसको अवसरमा बुधवार लुम्बिनी प्रदेशमा आयोजना गरिएको संघीयता सवलीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई संवोधन गर्दैै मुख्यमन्त्री आचार्यले संघीयताको सवलिकरणका लागी प्रदेश सरकारलाई पूर्णरुपमा अधिकार सम्पन्न बनाइनुपर्ने बताउनु भएको हो ।

संविधानले प्रदेश र स्थानीय तहलाई दिएको अधिकारमाथी संघीय सरकारले हस्तक्षेप गर्न नहुने भनाई उहाँको छ ।‘संविधानले प्रदान गरेका अधिकार माथि कसैले हस्तक्षेप गर्न हुदैन’मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘संविधानले दिएको अधिकार संघले रोक्ने काम गर्न हुदैन । समानिकरण अनुदान रोकेर राम्रो भएन् । प्रदेशलाई ऋणात्मक बनाउने काम भयो ।’ 

प्रदेश सरकारले गरेका राम्रा कामहरुको नागरिकले महशुस गर्ने अवस्थामा पु¥याएको बताउनु भएको छ । सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकार जनताको सारथि बनेको बताउनु भएको हो । राजनीतिक अस्थिरताको कारणले केही समस्याहरु देखिएपनि अव ति समस्याहरु गौण भएर जाने स्पष्ट पार्नु भयो ।‘अहिले मुलुक सहि दिशा तर्फ अघि बढीरहेको छ ।

संविधान निर्जीव बस्तु होइन, नमिलेको कुरा मिलाउन सकिन्छ’उहाँले भन्नुभयो,‘राजनीतिक अस्थिरताको अन्त्यको लागि संविधान संशोधन गरेर जान सकिन्छ । यो संशोधन गर्दा कसैलाई निशेध गर्न हुदैन । सबैको सहमति र सहकार्यमा अघि बढाउनुपर्छ ।’ 

प्रदेश सरकारले संविधानमा उल्लेखित अधिकार अनुसार समानिकरण अनुदान प्राप्त गर्न नसक्दा आर्थिक क्षेत्रमा केही जटिलताहरु देखिएको चर्चा मुख्यमन्त्री आचार्यले गर्नु भयो ।‘समानिकरण अनुदानको रकम संघ सरकारले रोक्दा प्रदेशले आर्थिक संकट भोग्नु परेको छ’उहाँले भन्नुभयो, ‘प्रदेशलाई अधिकार दिन संघीय सांसदहरुलेनै कन्जुस्याइँ गरेको सुन्नमा आएको छ । यसप्रकारको कन्जुस्याइँ स्वीकार्य हुदैन ।’ प्रदेश सरकारले यो ७ बर्षको अवधिमा जनताले अनुभुती गर्नेगरी काम गरेको बताउनु भयो ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय लुम्बिनी प्रदेशको समन्वय र फेडरलिजम एण्ड लोकलाइजेसन सेन्टरको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले राजनीतिक रुपमा संघीताको अनुभुती गरिएपनि वित्तिय र प्रशासनिक संघीयताको पूर्ण अनुभुती गर्न नपाएको भन्दै त्यस तर्फ ध्यान दिन अनुरोध गरिएको छ ।

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तिमगरले संघीयताको सवलिकरणका लागी सबै इमानदार बन्नुपर्ने बताउनु भयो ।‘जुन ठाउँमा छौं । जे जिम्मेवारीमा छौं । इमानदार पूर्वक जिम्मेवारी निर्वाह गर्न जरुरी छ’उहाँले भन्नुभयो,‘साशन जस्तो भएपनि शासन चलाउने व्यक्ति इमानदार बन्नुपर्छ । अनि मात्रै संघीयतालाई बलियो बनाउन सकिन्छ ।’ 

संघीय सरकारले ऐन, कानुन नबनाउदा प्रदेशले बनाएका ऐनहरु कार्यान्वयनमा आउन नसक्नु चुनौतीको बिषय रहेको बताउनु भयो ।‘संघीय सरकार प्रदेश प्रति अनुदार बन्यो’उहाँले भन्नुभयो,‘अस्थिरताको अन्त्य गर्नेगरी संविधान संशोधन गरिनुपर्छ भन्ने मेरो मान्यता छ ।’ राष्ट्रिय सभाका पूर्व सदस्य तथा फेडरलिजम एण्ड लोकलाइजेसन सेन्टरका अध्यक्ष खिमलाल देवकोटाले संघीय सरकारले प्रदेश र स्थानीय तहलाई बलियो बनाउनेगरी काम गर्नुपर्ने बताउनु भयो ।

तर, संघ सरकारले अहिले सम्म प्रदेश र स्थानीय तहलाई अधिकार दिन नखोज्नु संघीयता प्रति अनुदार बन्न खोजेको टिप्पणी गर्नु भयो ।‘विकासको बहाक प्रदेश सरकार हो । सेवा प्रवाहको बहाक स्थानीय सरकार हुन’उहाँले भन्नुभयो,‘सिंहदरबारका मन्त्रालय संख्या घटाएर प्रदेश र स्थानीय तहलाई बलियो बनाउनेगरी काम गर्नुपर्ने आजको आवश्यकता हो ।’ 

नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठले संघीयताको सवलिकरणको दायित्व सबैको रहेको बताउनु भयो ।‘संघीयतालाई जनताको विचमा लैजाने, जन भावना संविधानले समेटेको छ । सबल पक्षको बारेमा अझै गर्नुपर्ने काम धेरै छन’उहाँले भन्नुभयो,‘तीन तहका सरकारले संघीयताको सवलिकरणको लागि भूमिका बढाउनुपर्ने छ ।

जनतामा विभिन्न प्रश्न उठेका छन । तर, ती प्रश्नको जवाफ संविधानले दिएको छ ।’ कार्यक्रममा प्रदेश सभा सदस्य, प्रमुख सचिव, सचिव लगायतले प्रदेशलाई संविधानले दिएका अधिकार कार्यान्वयन गर्न संघले रोक्न नहुनेमा जोड दिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार