मुख्य समाचार
स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ | संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास | लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति | त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन | डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु | दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल |

जेनजी आन्दोलनको जिम्मा ओलीले लिनुपर्छ भन्ने अभिव्यक्ति पार्टीविरुद्धको हमला : ओली

Ujyalosandeshonline 12338+ समाचार ( )
२ मंगशिर २०८२, मङ्गलबार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले जेनजी आन्दोलनमा चलाइएको गोलीको जिम्मा ओलीले लिनुपर्छ भन्ने अभिव्यक्ति पार्टीविरुद्धको हमला भएको बताएका छन् । मंगलबार विघटित प्रतिनिधि सभाका एमाले सांसदहरुको बैठकलाई सम्बोधन गर्दै ओलीले धरहरा मैले बनाए भन्नेले गोली चलेको जिम्मा पनि लिनुपर्छ भन्ने अभिव्यक्तिहरु आएको भन्दै आपत्ति जनाएका हुन् । 

उनले भने, ‘राजिनामा मात्र गरेर हुँदैन्, जिम्मा लिनुपर्छ भनेका छन् । हामीले सुनिरहेका छौँ, कतिपय मान्छेहरू धरहरा मैले बनाएँ भन्नेले गोली कसले चलायो भन्ने थाहा पाइन भन्न मिल्छ ? भन्छन्, जिम्मा लिनुपर्छ भनेर बोलिरहेका छन् ।  यो हाम्रो पार्टीविरुद्धको स्पष्ट हमला हो । हाम्रो लिडरसिपविरुद्धको स्पष्ट हमला हो । जिम्मा लिनुपर्छ रे, जिम्मा लिनुपर्छ भन्या के ? परिस्थिति त्यस्तो बन्यो त्यहाँ भनेर प्रहरीले भनिराखेको छ ।’

त्यस्तै, उनले भदौ २३ र २४ गतेको घटना डिप स्टेटको योजनाबद्ध हमला भएको भन्दै अहिलेको सरकार त्यही षडयन्त्रबाट आएको ‘सो कल्ड’ सरकार भन्दै व्यङग्य गरे । अध्यक्ष ओलीले संसद् पुनस्र्थापनाका लागि सर्वोच्च अदालत र सडक संघर्षमा जाने घोषणा गर्दै आन्दोलन शान्तिपूर्ण, संविधान र लोकतन्त्रको पक्षमा हुने जानकारी दिए । आफूहरूले गर्ने आन्दोलनमा कुनै घुसपैठ नहुने प्रस्ट पार्दै ओलीले आन्दोलनलाई अगाडि बढाउन सांसदहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार