मुख्य समाचार
प्रदेशप्रमुख खापुङ र मुख्यमन्त्री कार्कीबीच भेट | उद्योग विभागका अधिकांश सेवा पूर्ण रूपमा ‘अनलाइन’, सेवाग्राहीले कार्यालय धाउन नपर्ने | राजविराजका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु | अर्को सूचना जारी नभएसम्म जयनगर–जनकपुर–भङ्गाहा रेल सेवा स्थगन | सर्लाहीका सीमा नाकामा परिचयपत्र अनिवार्य | धनुषाको कर्फ्यू आदेश निरन्तर, अत्यावश्यक सेवा र आवतजावतमा सहजीकरण | सुनसरी घटनामा गृह मन्त्रालय र पीडित पक्षबिच ६ बुँदे सहमति | बेलहियाबाट अवैध कल बाईपास सञ्चालन गरेको आरोपमा एक पुरुष पक्राउ | सामाजिक सद्भाव र भाइचारा कायम राख्न पूर्वराजा ज्ञानेन्द्रको आग्रह | जनकपुरधाममा अनिश्चितकालीन कर्फ्यु आदेश जारी |

रूपन्देही सुपरलिगः ‘बी’ डिभिजनका खेल सकिए, बुटवल राइनोज ‘ए’ डिभिजनमा उक्लियो

Ujyalosandeshonline 11855+ समाचार ( )
१२ मंगशिर २०८१, बुधवार

भैरहवा । रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा बुटवल राइनोज ‘ए’ डिभिजनमा प्रवेश गरेको छ । बुधबार भएको डिभिजन ‘बी’ को अन्तिम खेलमा बुटवल राइनोजले स्टार क्रिकेट क्लबलाई ३३ रनले पराजित गर्दै ‘ए’ डिभिजनमा प्रवेश गरेकोे हो । बुधबारको खेलसँगै डिभिजन ‘बी’का सबै खेलहरु सकिएका छन् । डिभिजन ‘बी’बाट बुटवल राइनोजसँगै प्रोफेसनल मास्टर्स–११ ‘ए’ डिभिजनमा प्रवेश गरेको छ । अन्य टिम भने ‘बी’ डिभिजनमै रोकिएका छन् ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बुटवल राइनोजले निर्धारित ५० ओभरको खेलमा ४६ ओभर ३ बल खेल्दै सबै विकेट गुमाएर १ सय २७ रनको योगफल बनायो । उसका लागि सुरज सारुले अविजित ३७, अपर्ण तिमिल्सिनाले १८, विपिनविक्रम शाहीले १६ र सनित श्रेष्ठले १२ रन बनाए । बलिङमा स्टार क्रिकेटका क्रिविन श्रेष्ठले ३ तथा शुभम खनाल, निरज मौर्य र राहुल नाउले समान २–२ विकेट लिए ।

जावाफी ब्याटिङ गरेको स्टार क्रिकेट क्लब ३८ ओभर ४ बलमा सबै विकेट गुमाएर ९४ रनमै अलआउट भयो । उसका लागि शुभम खनालले २०, राहुल नाउले १७, क्ररम खानले १२ र राहुल वली क्षेत्रीले १० रन बनाए पनि अन्य ब्याटर नचल्दा टिम पराजित भई ‘ए’ डिभिजनमा उक्लिने सपना अधुरो रह्यो । उसलाई सस्तैमा रोक्न बुटवल राइनोजका शुभम घमालले ३, विपिनविक्रम शाही र सुप्रिम कँडेलले २–२ तथा सुरज सारु र शिव कुँवरले १–१ विकेट लिए । खेलमा बुटवल राइनोजका सुरज सारु प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, हरेक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका कोषाध्यक्ष तथा खेल संयोजक निरजप्रताप खाँणले जानकारी दिए ।

सुपरलिगमा रुपन्देहीका ‘ए’ डिभिजनका ८ र ‘बी’ डिभिजनका १२ गरी २० टिम सहभागी मध्ये १० टिम ‘बी’ डिभिजनमै रोकिँदा बाँकी १० टिम भने नेपाल सुपरलिगपछि आयोजना हुने ‘ए’ डिभिजनका खेलहरुमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार