मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

जुगल हिमाल चढ्ने पर्वतारोहीलाई प्रधानमन्त्री दाहाले गरे विदाई

Ujyalosandeshonline 12321+ समाचार ( )
२४ चैत्र २०८०, शनिबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जुगल हिमाल चढ्ने नेपाल र दक्षिण कोरियाका दश पर्वतारोहीलाई विदाई गरेका छन् ।

शनिबार जुगल हिमाल चढ्नेलाई दाहालले सफलताका लागि शुभकामना दिँदै ‘नेपाल कोरिया फ्रेन्डसिप एक्सपिडिसन २०२४’ मा सहभागीलाई नेपाल र कोरियाको झण्डा हस्तान्तरण गरेर विदाई गरे । आजबाट १५ वैशाखसम्म नेपालका तीन र दक्षिण कोरियाका सात पर्वतारोहीले जुगल हिमाल आरोहण यात्रा तय गर्नेछन् ।

नेपाल र दक्षिण कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको छ । सोही अवसरमा ‘नेपाल कोरिया फ्रेन्डसिप एक्सपिडिसन २०२४’ आयोजना गरिएको हो । जसमा सात कोरियाली सहित तीन नेपाली सहभागी छन् ।

एक्सपिडिसन कुटनीतिक सम्बन्धलाई थप प्रगाढ बनाउने दाहालले बताए ।

‘नेपाल  र कोरियाको सम्बन्ध यसैपनि राम्रो छ । भोलिका दिनमा सम्बन्ध अझ बलियो र सुदृढ हुने मेरो विश्वास छ ।’

जुगल हिमाल आरोहण गर्ने दक्षिण कोरियाले गरेको पहलले जुगल हिमालको पर्यटन प्रर्बद्धनमा निकै ठूलो भूमिका खेल्ने विस्वास प्रधानमन्त्री दाहालले व्यक्त गरे ।

‘जुगल हिमाल चढ्ने यो पहलले पर्यटन प्रबद्र्धनमा पनि निकै ठूलो भूमिक खेल्ने मेरो विश्वास छ’ दाहालले भने ।

नेपालस्थित कोरियाली राजदूत पार्क थेयाङलगायतकालाई नेपालको शिक्षा क्षेत्रमा कोरियाले राम्रो योगदान गरेको भन्दै धन्यवाद दिएका दाहालले नेपाल र कोरियाबीचमा विभिन्न क्षेत्रमा सहकार्य हुँदै आएको स्मरण गराए । उनले  नेपालको आर्थिक विकासमा कोरियाको आर्थिक सहयोग रहने अपेक्षा पनि व्यक्त गरे ।

जुगल गाउँपालिका, नेपाल पर्वतारोहण संघ, नेपाल पर्यटन बोर्ड, कोरियन राजदूतावास र ओम वोंगिल फाउन्डेसनको संयुक्त रुपमा आयोजनामा जुगल हिमाल आरोहण तय गरिएको हो ।

नेपाल सरकारले गत वर्ष मात्रै आरोहण खुला गरेको ६,५९१ मिटर उचाइको जुगल– १ र ६,५१८ मिटर अग्लो जुगल– २ चढ्न लागेका हुन् ।

टोली २५ गते तेम्बाथाङ पुग्नेछ । विश्वका १२ वटा पर्वत चढेर इतिहास रचेका कोरियन नागरिक ओम वोंगिलको नेतृत्वमा टोली जुगल हिमाल प्रस्थान गरेको छ ।

उनीहरुलाई नेपालस्थित कोरियाली राजदूत पार्क थेयाङ र कार्यालय टिमले हेलिकोप्टरबाट बेसक्याम्प सम्म पछ्याउँदै पुग्नेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार