मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

‘साम्राज्यवादविरुद्ध लड्न सेना–प्रहरी मात्र होइन, सबै नेपाली फौजी जस्तै उभिनुपर्छ’ – प्रचण्ड

Ujyalosandeshonline 12461+ समाचार ( )
१५ मंगशिर २०८२, सोमबार

विराटनगर । नेपाली कम्युनिष्ट पार्टीले कोशी प्रदेशको राजधानी विराटनगरमा सोमबार भव्य ‘पार्टी एकता सन्देश सभा’ आयोजना गर्यो । सभामा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरूले एकता, स्वाधीनता र समसामयिक राजनीतिक मुद्दामा आफ्ना धारणा राखे ।

संयोजक ‘प्रचण्ड’ले मुलुक गम्भीर सङ्कटको अवस्थामा रहेको उल्लेख गर्दै नेपाली जनताको आत्मसम्मान र स्वाधीनताको रक्षा वामपन्थी एकताको मुख्य आधार भएको बताए । उनले सम्राज्यवादविरुद्ध लड्न नेपाल सेना वा प्रहरी मात्र पर्याप्त नहुने भन्दै ‘सबै नेपाली फौजी जस्तै उभिनुपर्छ’ भन्ने अभिव्यक्ति दिए । जेनजी आन्दोलनले दलहरूलाई सचेत बनाएको उल्लेख गर्दै उनले पार्टी एकता र विभाजनको पीडाबाट धेरैपटक गुज्रिएको स्मरण गराए ।

दाहालले राष्ट्रपति रामचन्द्र पौडेललाई अन्तरिम सरकार बनाउन आफूले पनि सहमति दिएको प्रसंग उल्लेख गर्दै संस्थागत स्थायीत्वका लागि सबै दल जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गरे । १६ वटा कम्युनिस्ट शक्ति मिलेर नयाँ संरचना तयार गर्नु जेनजी आन्दोलनबाट उठेका मागलाई सम्बोधन गर्ने प्रयास भएको उनले बताए । साथै, निर्धारित समयमा स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउन सरकारले भरपर्दो वातावरण बनाउनुपर्नेमा जोड दिए ।

सभामा सह–संयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वामपन्थी एकतालाई नेपाली जनताको पहिचान, स्वाधीनता, सामाजिक न्याय र समानुपातिक प्रणालीको सुरक्षासँग जोड्दै समर्थन व्यक्त गरे । उनले कम्युनिष्टहरूको क्रान्तिकारी चरित्र कायम राख्न एकीकरण गरिएको बताए । पूर्वप्रधानमन्त्री झलनाथ खनालले विगतमा कम्युनिष्ट नेतृत्वका सरकार आए पनि जनहितका दीर्घकालीन अपेक्षा पूरा गर्न नसकेको आत्मसमिक्षा गर्दै आगामी निर्वाचनमा बहुमत पाए भूमि सुधार, कृषिको आधुनिकीकरण, औद्योगिकीकरण र रोजगार सृजनामा केन्द्रित हुने प्रतिबद्धता जनाए ।

नेता नारायणकाजी श्रेष्ठले सङ्घीयता संरक्षण र सुदृढीकरणसँगै संविधानका कमजोरी सच्याउन आफ्नो पार्टी दृढ रहेको बताए। नेता डा. भीम रावलले आर्थिक समृद्धि र विकासलाई प्राथमिकतामा राख्ने लक्ष्य दोहो¥याए । सभामा कोशका संयोजक हरिबोल गजुरेलको अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार