मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

आगलागीबाट बच्न सुरक्षा निकायले गर्योई सिमुलेसन अभ्यास

Ujyalosandeshonline 12614+ समाचार ( )
२१ चैत्र २०८१, शुक्रबार

मुगु । मुगुमा बिपत जोखिम न्यूनीकरण तथा आगलागी नियन्त्रण सम्बन्धी ‘सिमुलेसन’ मार्फत सचेतना कार्यक्रम आयोजना गरिएको छ । चैत्र–बैशाखाको सुक्खा मौसममा घर, बनजङ्खललगायत क्षेत्रहरुको आगलागीका घटनाहरु बढी रहेको अवस्थामा आगलागी बाट बच्न र बचाउनका लागि यस्तो कार्यक्रमको आयोजना गरिएको हो । 

मुगमकामारोङ्ख गाँउपालिकाका स्थानीयलाई पहिलो पटक जिल्ला बिपत ब्यवस्थापन समिति, स्थानीय पालिकाको समन्वय, यूएमएन नेपालको सहयोग, करानी सामूदायिक सस्थाको आयोजनामा जानकारीमूलक कार्यक्रम आयोजना गरिएको हो । 

पालिका भित्रका १३ भन्दा बढी बस्तीहरुको घरहरु चिसोका कारण बढी आगो बाल्ने, घरको छलमा घाँस–दाउरालगायतका सामानहरु राख्नुका साथै पछिल्लो समयमा बढी विद्युतीय र ग्यास शिलिन्डरको प्रयोगबाट हुने बढी आगोलागीको जोखिम हुने भएकाले यस्तो कार्यक्रम आयोजना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी विभाकर मिश्रले जानकारी दिए । 

सो अवसरमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रुपमा (सिमुलेसन) डेमो प्रदर्शन गरेका थिए भने र माग्रीगाँउमा रहेको खेल मैदानमा आगलागी सम्बन्धी डेमो प्रदर्शन गरिएको उनले जानकारी दिए । 

हावाहुरीको समय भएको र आगलागीका घटना भइरहने हुँदा यसबाट बच्ने उपायसहित पूर्वअभ्यासमा नेपाली सेनाका सह सेनानी आकाश क्षेष्ठ, शसस्त्र प्रहरी बल ५४ गुल्मका प्रहरी निरीक्षक ज्ञान रावलको कमाण्डरमा अभ्यास सहित जनचेनता गरिएको हो । यस्ता कार्यक्रमले नागरिकहरुमा चेतना स्तर बृद्धिमा सहयोग पुग्ने यूएमएन कलष्टर मुगुका टीम लिडर नेत्र बहादुर शाहीले बताए ।

जनचेनतामा निकै पछाडि परेको मुगमकामरोङ्ख गाँउपालिका घरहरुका घाँस दाउरा, अन्न–पानी, लता–कपडा सबै एकै घर भित्रहुने गरेकाले आगलागी जोखिम हुने गरेको छ । कृत्रिम घटना अभ्यास अवलोकन गरेपछि आगलागीका बारेमा धेरै जानकारी प्राप्त भएको, आगलागी न्यूनीकरण गर्न र त्यसबाट बच्ने उपाए सिक्ने मौला मिलेको पालिका उपाध्क्षय छिरिङ्ख पुटीकले बताइन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै