मुख्य समाचार
ज्येष्ठ नागरिक जनै बनाउँदै | प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि | विपद्का बेला भावनाले मात्र काम गर्ने होइन, सीप र क्षमता चाहिन्छ : सभापति थापा | हुलाकमार्फत आजदेखि घरदैलोमै सवारी चालक अनुमतिपत्र ढुवानी सुरु | धनुषामा कर्फ्युः हटाइएर निषेधाज्ञा जारी | निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य प्रभावित | वातावरण संरक्षणका लागि मर्चवारमा ५१ वटा बिरुवा रोपण | सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत् | जग्गा बकसपत्रमा घुस लिने तीन नासु र दुई लेखापढी व्यवसायी अख्तियारको नियन्त्रणमा | दुबईस्थित नेपालको महावाणिज्यदूतावास -छलफल |

सवारी “लाइसेन्स” को समस्या समाधान गर्न विभागलाई प्रधानमन्त्री दाहालको निर्देशन

Ujyalosandeshonline 11878+ समाचार ( )
२४ वैशाख २०८१, सोमबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सवारी चालक अनुमतिपत्रबारे जनस्तरमा आक्रोश र असन्तुष्टि यथावत रहेको भन्दै समस्या समाधान गर्न यातायात व्यवस्था विभागलाई  निर्देशन दिएका छन् । 

सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा लाइसेन्बारे उठेका सवाल र त्यसमा देखिएका समस्याहरूको समाधानबारे यातायात व्यवस्था विभागका अधिकारीलाई विभागको सिष्टममा देखिएका समस्या, जनस्तरमा उठेका विषयहरू र विभागले निर्वाह गर्नुपर्ने भूमिका लगायतका विषयमा केन्द्रित रहेर गरेका हुन् । 

छलफलमा प्रधानमन्त्रीले लाइसेन्सका सम्बन्धमा जनस्तरमा असन्तुष्टि र आक्रोश देखिएको बताउँदै त्यसलाई तत्काल सम्बोधन गर्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

‘सवारी चालक अनुमतिपत्रका बारे बाहिर गम्भीर प्रश्नहरू उठेका छन्। यसमा जनताको गम्भीर आलोचना, असन्तुष्टि, आक्रोश देखिन्छ। खासगरी युवाहरूले समयमै सेवा नपाएको लगायतका गुनासो राख्ने गरेका छन्। लाइसेन्स जसरी वितरण हुनुपथ्र्यो, त्यस्तो भएको छैन। नक्कली लाइसेन्स वितरणको कुरा पनि मैले सुनेको छु । यो समस्यालाई मैले गम्भीरतापूर्वक लिएको छु, समस्या तत्काल समाधान गर्नुस’्, प्रधानमन्त्रीले भनेका छन् । 

छलफलमा दाहालले लाइसेन्स वितरणमा डिजिटल सिस्टमलाई व्यवस्थित गर्न समेत भनेका छन् ।  “यो नीतिगत समस्या हो कि संरचनागत हो वा हाम्रो नियतमा समस्या हो ? यसको गम्भीरता हेरी सोहीअनुरूप निरूपण गर्नुपर्छ। तसर्थ, जनतास्तरमा उठेका जिज्ञासा र प्रश्नहरूको गम्भीरतापूर्वक समाधान गर्नुस्। भइरहेको सिस्टमलाई अपडेट र अपग्रेड गर्दै नयाँ सिस्टममा अगाडि जाने तयारी गर्नुस्।” 

प्रधानमन्त्री दाहालले छलफलमा नीति तथा कार्यक्रम र बजेट निर्माणको समय भएकाले लाइसेन्सको समस्या समाधान गर्न उपयुक्त हुने सुझाव प्रस्तुत गर्न समेत विभागका अधिकारीहरुलाई आग्रह गरेका छन् । छलफलमा मुख्यसचिव डा. बैकुण्ठ अर्याल, यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजाल लगायतको उपस्थिति थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै