मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

लैंगिक समानताको लागि सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

Ujyalosandeshonline 12461+ समाचार ( )
२४ फाल्गुन २०८१, शनिबार

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लैंगिक समानतायुक्त प्रदेश बनाउने लक्ष्यसहित सरकार अघि बढिरहेको बताएका छन् । ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) को अवसरमा शुभकामना व्यक्त गर्दै उनले लैंगिक समानता नीति निर्माण तथा कार्यान्वयनमार्फत प्रदेश सरकारले प्रभावकारी भूमिका निर्वाह गरिरहेको उल्लेख गरेका हुन् ।

उनले शिक्षा, स्वास्थ्य, रोजगारी, निर्णय प्रक्रिया, राजनीति जस्ता राज्यका हरेक क्षेत्रमा महिलाको समान पहुँच सुनिश्चित गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताए । ‘प्रदेश सरकारको तर्फबाट लैंगिक समानता नीति, २०८० बनाएर कार्यान्वयनमा ल्याएका छौं । महिला, बालबालिका तथा लैंगिक अल्पसंख्यकहरूको विकास, संरक्षण र सशक्तिकरणलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ,’उनले भने ।

मुख्यमन्त्री आचार्यले आधारभूत तहसम्म लैंंगिक समानतासँग जोडिएका अभियान तथा कार्यक्रमहरू पुर्‍याउनुपर्नेमा जोड दिए । ‘जहाँ समस्या छ, त्यहाँ प्राथमिकता दिनुपर्छ । समाजमा अहिले पनि थुप्रै असमानताहरू छन् । ती असमानताहरू हटाउन नीतिको प्रभावकारी कार्यान्वयन नै आजको आवश्यकता हो’शुभकामना सन्देशमा उल्लेख छ ।

नेपालमा यस वर्ष ‘सबै महिला तथा बालबालिकाका लागि अधिकार, समानता र सशक्तिकरण’ भन्ने राष्ट्रिय नाराका साथ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ । मुख्यमन्त्री आचार्यले लैंगिक समानतायुक्त प्रदेश निर्माणका लागि क्रियाशील सम्पूर्ण सरकारी तथा गैरसरकारी संघ–संस्था एवं अधिकारकर्मीहरूलाई थप उर्जा र उत्साहका साथ कार्य गर्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार