मुख्य समाचार
भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा | रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार | धमाधम फेला पर्दै अवैध हतियार | वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो | खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी | अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा टिकाउन नीतिगत पहलको खाँचो | सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा | यात्रुलाई गुणस्तरहीन खाना खुवाएमा चालक र होटल सञ्चालकलाई कारबाही गरिने | गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव | जुम्लामा २२९ मुद्दा फछ्र्योट |

पत्रकार दुर्व्यवहार घटनाका बिषयमा मानव अधिकार आयोगको चासो

Ujyalosandeshonline 12522+ समाचार ( )
९ वैशाख २०८२, मङ्गलबार

भैरहवा । पत्रकार राधेश्याम बिश्वकर्मामाथि तस्करहरुको समुहले गरेको दुव्र्यवहारको बिषयमा राष्ट्रिय मानव अधिकार आयोगले चासो लिएको छ । समाचार संकलनका क्रममा रुपन्देहीको मर्चवार जाँदै गरेका पत्रकार बिश्वकर्माले रुपन्देहीको मायादेवि गाउँपालिका ६ मकरीमा तस्करी भईरहेको भिडियो खिच्ने क्रममा तस्करहरुको समुहले दुर्व्यवहार गरेको थियो । 

राष्ट्रिय मानव अधिकार आयोग बुटवल कार्यालयका मानव अधिकार अधिकृत आशिश श्रेष्ठको नेतृत्वको टिमले घटनाबारे जानकारी लिएको बिश्वकर्माले बताए । श्रेष्ठसंगै अधिकृत सुप्रिना चौधरी र सुचना प्रबिधि सहायक अर्जुन खनालले घटनाको बिषयमा जानकारी लिएका थिए । लुम्बिनी प्रेस क्लब, रुपन्देहीका निवर्तमान कोषाध्यक्ष ,उज्यालो सन्देशका सम्पादक तथा अन्नपूर्ण मिडिया नेटवर्क प्रालि (एपी वान टेलिभिजन) मा कार्यरत पत्रकार विश्वकर्मामाथि तस्करहरुको समूहले सांघातिक आक्रमणको प्रयास गरेको थियो । 

समाचार संकलन गर्न जाने क्रममा भैरहवा–मर्चवार सडकको मूल खण्डमा खुलेयाम लाइन लागेर विभिन्न सवारीमा भइरहेको तस्करीको दृश्य देखेपछि क्यामेरामा कैद गर्ने क्रममा आफूलाई दीपेश यादव बताउने तस्करहरुको समुहले आक्रमण प्रयास गरेको बिश्वकर्माले जानकारी दिए । तस्करहरुको समूहले झोला खानतलासी गर्नुका साथै क्यामेरा, मिडिया हाउसको परिचय पत्र र मोटरसाइकलको चाबी खोसी केही समय घेरा हालेर बन्धक बनाउने काम गरेको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार