मुख्य समाचार
धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल | आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता रहन आग्रह | नारायणगढ–मुग्लिन सडक सञ्चालन | रुपन्देहीमा तस्करीविरुद्ध सशस्त्र प्रहरीको कडाइ, १० लाख बढीका सामान नियन्त्रणमा | भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, सुत्केरी सेवा ‘म्याट्रेस’ मा | बजेट कार्यान्वयनमा लुम्बिनी सरकारको ५२ बुँदे मार्गदर्शन जारी, असारमा गोष्ठी–सेमिनार गर्न रोक | शिवालयमा दर्शनार्थीको घुइँचो | बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द | सिद्धार्थ राजमार्ग किनारमा लायन्स क्लब अफ भैरहवा लिगेसीको वृक्षारोपण | दाङका अस्पतालमा सर्पदंशको उपचारमा प्रयोग गरिने औषधिको अभाव |

अहिलेको सरकारको मुख्य काम नै निर्वाचन गराउनु हो : गृहमन्त्री अर्याल

Ujyalosandeshonline 11904+ समाचार ( )
२ अशोज २०८२, बिहीबार

काठमाडौं । गृहमन्त्री ओम प्रकाश अर्यालले अहिलेको सरकारको मुख्य काम नै निर्वाचन गराउनु रहेको बताएका छन् । बिहिबार निर्वाचन आयोगमा भएको छलफलमा बोल्दै उनले निर्वाचन आगोगलाई कुनै पनि सरकारले र्निदेशन दिन नमिल्ने भन्दै  सरकारको तर्फबाट पनि सबैलाई समेटेर निर्वाचन गर्न पर्ने देखिएको बताएका छन् ।

उनले अहिले निर्वाचन हुन्छ कि हुँदैन भन्ने शंका नराख्न र निर्वाचन गराउने कुरा दाबी गरेका छन् ।  उनले  यो सरकारको काम नै निर्वाचन गराउने हो भन्दै  निर्वाचन समयमै गरिएन भने  असफल हुने समेत बताएका छन् ।

उनले असफलताको दाग नलागोस्  भनेर  तयारी गरिरहेको पनि बताए ।  त्यस्तै उनले निर्वाचनका लागी पूर्वाधारहरु तयार गर्न पर्ने भन्दै त्यस्को लागि सामाजिक सुरक्षा पहिलो सर्त रहेको बताए । उनले अहिलेको स्थितिलाई सामान्यीकरण गर्दै सामाजिक सुरक्षा कायम गर्दै, त्यस्को लागि जतिपनि संरचना आवश्यक पर्छ चाहे त्यस्को समन्वय गर्न आवश्यक रहेको बताएका छन् । 

‘यो सरकारको मुख्य काम नै फ्रि र फेयर इलेक्सनका  गराउनु हो । त्यस्को लागि केहि पूर्वधारहरु तयार गर्न पर्ने हुन्छ । त्यसका लागि सामाजिक सुरक्षा पहिलो सर्त हो । स्थितिलाई सामान्यीकरण गर्दै सामाजिक सुरक्षा कायम गर्दै, त्यसका लागि जतिपनि लजेस्टीकहरु आवश्यक पर्छ, संरचना आवश्यक पर्छ चाहे त्यो कानुनी होस्, चाहे भौतिक संरचना होस् समन्वयहरु आवश्यक पर्छ । निर्वाचन आगोगलाई कुनै सरकारले  निर्देशन दिन मिल्दैन ।

सरकारको तर्फबाट पनि सबैलाई समेटेर निर्वाचन गर्नपर्ने देखिएको छ । निर्वाचन हुन्छ कि हुँदैन भन्ने शंका कतैबाट भइरहेको भएपनि निर्वाचन हुन्छ नै । यो सरकारको काम नै निर्वाचन गराउने हो । हामीले निर्वाचन समयमै गरेनौँ भने असफल हुन्छौं । असफलताको दाग नलागोस् भनेर तयारीमा छौ’ उनले भने  । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार