मुख्य समाचार
पोखरा–दुबई सिधा उडानः टिकट बुकिङ खुला | लुम्बिनी प्रदेश प्रहरीको विशेष ‘अपरेसन’, सुशासनका पक्षमा सहयोग | पर्यटन प्रर्द्धनका लागि ‘नेपाल बुझ्न गोरखा जाऔँ’ अभियान | स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने | पहिरोले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो | केरा खेतीबाट आत्मनिर्भर बन्दै बोरुङका किसान | रगतको अभाव हुन नदिन रक्तदान महोत्सव जेठ ३० मा आयोजना हुने | रासायनिक मल उठाउन तथा वितरण प्रक्रियामा आवश्यक समन्वय गर्न निर्देशन | टिपर दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते | मुस्ताङमा रसिलो स्याउको ब्रान्डी बनाउने सरकारी उद्योग बन्द |

नक्कली लाइसेन्सको निष्पक्ष छानबिन हुन्छ : मन्त्री ज्वाला

Ujyalosandeshonline 11514+ समाचार ( )
७ माघ २०८०, आइतबार

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नक्कली लाइसेन्सको विषयमा निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउने बताएका छन् ।

आइतबार सिंहदरबारमा संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र प्रादेशिक यातायात क्षेत्र हेर्ने सम्बन्धित मन्त्रालयहरू बीचको उच्चस्तरीय समन्वय बैठकमा उनले नक्कली लाइसेन्सको विषयमा बदमासी गर्नेहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउनेगरि अख्तियार र सीआइबीबाट छानबिन हुने बताएका हुन् ।

यातायात व्यवस्था विभागले १ लाख २ हजार लाइसेन्स नक्कली भएको आशंकामा छानबिन गरिरहेको छ भने ३२ हजारको लाइसेन्स रद्द गरेको छ । सरकारले छाप्नका लागि कार्ड ल्याउन नसक्दा सर्वसाधारणले सवारी ट्रायल परीक्षा पास गरेर पनि लाइसेन्स पाएका छैनन् । नवीकरण गराउनेहरु पनि ठूलो संख्यामा स्मार्ट लाइसेन्स कार्ड पर्खिरहेका छन् । यस्तो बेला धेरै नक्कली लाइसेन्स प्रयोग भइरहेको खुलासा हुँदा त्यसको छानबिनमा मन्त्री ज्वाला गम्भीर देखिएका हुन् ।

उनले भने, ‘जहाँ जहाँबाट गल्ती भएको छ, गल्ती गर्नेहरुले छुट पाउँदैनन् । छानबिन गर्ने कुरामा धेरै बोल्ने कुरा पनि हुँदैन । कोही कसैको प्रभाव पर्न दिँदैनौ । बदमासी गर्नेहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउँछौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि प्रतिवेदन गएको छ, सीआईबीबाट पनि प्रतिनिधित्व छ । यसको निष्पक्ष रुपमा छानबिन हुन्छ ।’

उनले १६ लाख नयाँ कार्ड छपाइका लागि ठेक्का प्रक्रिया अगाडि बढेको र यसले लाइसेन्समा रहेको समस्या स्थायी रूपमा समाधान हुने दाबी गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार