मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

माओवादी सांसदलाई अनिवार्य उपस्थितिको ‘ह्वीप’

Ujyalosandeshonline 12461+ समाचार ( )
२६ फाल्गुन २०८०, शनिबार

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने दिन र राष्ट्रिय सभा अध्यक्षको मतदानको दिन आफ्नो दलका सांसदहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन जारी गर्ने निर्णय गरेको छ । 

सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा शनिबार बसेको बैठकले यही फागुन २९ गते हुने राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा अनिवार्य उपस्थितिका लागि निर्देशन जारी गर्ने निर्णय गरेको पार्टी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले बताए । 

‘आजको संसदीय दलको बैठकमा गठबन्धन परिवर्तनपछि माओवादी र गठबन्धनमा संलग्न अन्य दलका नेताहरुको भूमिकाका बारेमा छलफल भएको छ । खास गरेर प्रतिनिधि सभामा विश्वासको मत र राष्ट्रिय सभामा अध्यक्षको निर्वाचन हुँदैछ । अध्यक्ष तथा उपाध्यक्षका लागि गठबन्धनभित्र एकप्रकारको सहमति भएको छ,’ उनले भने, ‘यी सबै विषयवस्तुहरुलाई मध्यनजर गर्दै माओवादी केन्द्रका सांसदहरुलाई प्रतिनिधि सभामा विश्वासको मत दिने बेलामा र राष्ट्रिय सभामा अध्यक्ष एवं उपाध्यक्षको निर्वाचन हुने बेलामा सबै उपस्थित हुनका लागि निर्देशन जारी गर्ने निर्णय भएको छ ।’

त्यस्तै, बैठकमा यही फागुन १४ गते प्रस्तुत भएको आउँदो आर्थिक वर्षको प्रि–बजेटको सन्दर्भमा आवश्यक छलफल र परिमार्जन आवश्यक रहेको भन्दै बजेटको प्रभावकारिताका विषयमा विचार राख्ने निर्णय भएको पाण्डेले बताए । 

बैठकमा प्रधानमन्त्री दाहालले सरकारले थालेको सुशासन र समृद्धिको अभियान अगाडि बढाउन अन्य दलहरुसँग सहयोग र सहकार्य गर्नेबारेमा छलफल गरेको पाण्डेले उल्लेख गरे । उनले भने, ‘प्रधानमन्त्रीले सुशासन र समृद्धिको अभियान अगाडि बढाउनका लागि सबैले मिलेर अगाडि बढ्न सहयोग गर्ने कुरा गर्नु भएको छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार