मुख्य समाचार
पूर्वी सीमा क्षेत्रमा ५.६ म्याग्निच्युडको भूकम्प | सिद्धार्थनगरको फोहोर व्यवस्थापनका लागि निजी कम्पनीसँग पाँचवर्षे सम्झौता | भारत–नेपाल सम्बन्धलाई नयाँ उचाइ दिन २४ हजार करोड नेपाली रुपैयाँको विकास प्याकेज घोषणा | रोहिणीको सेमरपानीबाट भन्सार छली भित्र्याउँदै गरिएको रु. १० लाख बढीको सामान बरामद | प्रधानमन्त्री शाह र मोदीबिच आज भेटवार्ता : महत्वपूर्ण सम्झौता र आयोजना उद्घाटन हुने | नयाँ दिल्लीमा ‘नेपाल–भारत व्यापार मञ्च’ सम्पन्न | बुटवलमा भन्सार छलीका मोजा र अटोसहित रु छ लाख ७९ हजारभन्दा बढीको सामान बरामद | गुल्मी अस्पतालको सेवा यसै महिनाभित्र नयाँ भवनबाट सञ्चालन हुने | सभामुख अर्यालद्वारा ‘नेपाल–जापान फेस्टिभल २०२६’ को उद्घाटन | कटुवा पेस्तोलसहित एक महिला पक्राउ |

मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द

Ujyalosandeshonline 12712+ समाचार ( )
९ भाद्र २०८३, मङ्गलबार

जनकपुरधाम ।  आर्थिकमन्दीलगायतका कारणले मधेस प्रदेशमा गत आर्थिक वर्ष २०८२/८३ मा उद्योग र वाणिज्यतर्फका एक हजार ९३८उद्योग व्यापार बन्द भएका छन् । मधेस प्रदेश सरकार उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका अनुसार गत आव २०८२/८३ मा उद्योगतर्फ ८२१ र वाणिज्यतर्फका एक हजार ११७ गरी एक हजार ९३८उद्योग व्यवसायको लगत कट्टा भएका छन् । 

गत आर्थिक वर्ष २०८२/८३ मा मधेस प्रदेशमा पाँच हजार ६८ वटा नयाँ उद्योग दत्र्ता भएको छ । सो अवधिमा पर्सामा एक हजार १०१ , धनुषामा ७७७ , बारामा ६३९ , सर्लाहीमा ६३६ , सिरहामा ५५४ , रौतहटमा ५३३ , महोत्तरीमा ५१४  र सप्तरीमा ३१४ वटा नयाँ उद्योग दत्र्ता भएको मन्त्रालयका सूचना अधिकारी उपेन्द्रकुमार महतोले बताउनुभयो । गत आव २०८२/८३ मा सात हजार ५४० वटा उद्योगको नवीकरण भएको छ । सूचना अधिकारी महतोका अनुसार गत आव २०८२/८३ मा वाणिज्यतर्फ प्राइभेट फर्म छ हजार १२२ वटा र साझेदारी फर्म १८ नयाँ दत्र्ता हुदाँ ११ हजार १४४ नवीकरण भएको छ । 

नयाँ उद्योग तथा वाणिज्य दर्ता, नवीकरणलगायतका शीर्षकबाट रु पाँच करोड २६ लाख ४९ हजार ५६२ राजस्व सङ्कलन भएको सूचना अधिकारी महतोले बताउनुभयो । विश्वव्यापी रुपमा देखिएको आर्थिक तरलता, बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पुँजीको अभाव तथा स्थानीय तहमा पनि उद्योग दर्ता गराउने क्रम बढ्नुलगायतका कारणले उद्योगहरुको लगत कट्टा हुने सङ्ख्या बढेको सूचना अधिकारी महतोको भनाइ छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार