मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

आवाज नसुने सदन र सडकमा आन्दोलन : विराजभक्त श्रेष्ठ

Ujyalosandeshonline 12611+ समाचार ( )
१० फाल्गुन २०८०, बिहीबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले सरकारले प्रतिपक्षको कुरा नसुन्ने हो भने संसद अवरुद्ध हुने चेतावनी दिएका छन् ।

विहीबार प्रतिनिधि सभाको बैठकमा उनले सरकारले यसरी सदनको कुरा नसुन्ने हो भने सदन मात्रै होइन सडक पनि अवरुद्ध हुने भन्दै सरकारले प्रतिपक्षले सदन चल्न दिएन भनेर दोष लगाउन नपाउने बताए ।

उनले भने, ‘सरकारलाई चेतावनी पनि दिन चाहन्छु, यसरी प्रतिपक्षलाई नसुन्दै जाने हो भने संसद अवरुद्ध पनि हुन्छ । आन्दोलन पनि हुन्छ । तर सरकारले प्रतिपक्षले सदन चल्न दिएन भनेर दोष लगाउन पाउने छैन् । यसरी नै सरकारले अन्सुना गर्ने हो भने सदन मात्रै होइन सडक पनि अवरुद्ध हुन्छ । यसको साथै मिटर ब्याजीको पनि उत्तिकै कुरा उठेको छ यस्तो कुराहरुको समाधान छिटोभन्दा छिटो भएन भने हामी प्रतिपक्षको तर्फबाट जे पनि गर्न सक्छौ ।’

यस्तै, उनले बालकुमारी घटनाबारे शंकाको सुविधा दिंदा पनि प्रधानमन्त्रीले केही नगरेको भन्दै संसदप्रति सरकार जवाफदेही नभएको बताए ।

उनले भने, ‘बालकुमारी घटनाको बारेमा हामीले शंकाको सुविधा दिएर प्रधानमन्त्रीले प्रतिवेदन पढ्नुहुन्छ र केही गर्नहुन्छ भन्ने अपेक्षा गरिएको थियो । अझसम्म केही भएको छैन् । त्यो प्रतिवेदनको उहाँको अध्ययन कहाँ पुग्यो ? तीन दिन भईसकेको छ त्यो प्रतिवेदन के भयो ? यो दण्डहिनताको पराकाष्ट हो, संसदप्रति नै सरकार जवाफदेही हुदैँन भने मुलुकले कस्तो, नेतृत्व पाइरहेको छ । प्रतिवेदन कति लामो छ, पढ्न गार्हो लागेको भए यहाँ हामी बाचन गरेर सुनाईदिन्छौ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार