मुख्य समाचार
सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद |

‘विचारमा कांग्रेस एक भएको सन्देश दिनुपर्छ’

Ujyalosandeshonline 12455+ समाचार ( )
१० फाल्गुन २०८०, बिहीबार

गोदावरी । कांग्रेस नेता विमलेन्द्र निधिले कांग्रेस महासमितिको बैठकपछि गुट, उपगुटले चर्चित बनेको कांग्रेस सिद्धान्त र विचारमा एक छ है भन्ने सन्देश बाहिर दिन सक्ने बन्नुपर्ने बताएका छन् । 

गोदावरीमा जारी कांग्रेस महासमितिको बैठकमा बिहीबार नेता निधिले पार्टीभित्र विभिन्न गुट–उपगुट भएको तथा त्यसैका कारण कांग्रेस एक हुन नसके पनि विभिन्न नौ वटा पक्षले कांग्रेसलाई जोड्न सक्ने धारणा राखे । 

उनले व्यक्ति र गुटको आधारमा राजनीति गरे कांग्रेस कहीँ पुग्न नसक्ने भन्दै थपे,  ‘हामी व्यक्ति र गुटको आधारमा होइन सिद्धान्त र विचारको आधारमा एक भएका छौं, यही नै सन्देश लिएर जाऔं ।’ 

निधिले महासमितिको बैठकपछि राम्रा कुरामात्रै लिएर जानुपर्ने भन्दै गुट, उपगुट र व्यक्तिवादी राजनीतिलाई छाडेर कांग्रेसले अब एकताको सन्देश दिनुपर्ने बताए । 

उनले राष्ट्रियता, लोकतन्त्र, समाजवाद, संघीयता, गणतन्त्र, समावेशिता, मिश्रित निर्वाचन प्रणाली, धर्म निरपेक्षता र अहिंसा र शान्तिलगायत नौ वटा सूत्रलाई कांग्रेसले विचारको रुपमा लिनुपर्नेमा जोड दिए । ‘यहाँबाट राम्रा कुरामात्रै लिएर जाऔं र भनौ कि नेपाली कांग्रेस हामी एक भएर आएका छौं । एकताको लागि यी नौ वटा सूत्र छ,’ उनले भने, ‘यो नौ वटा सूत्र नै विचार हो, बिना विचारको पार्टी पनि हुँदैन, राजनीतिक अभियान पनि अघि बढ्दैन ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार