मुख्य समाचार
सुनसरीको सुरक्षा स्थितिबारे प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ | नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवाको ६१औँ स्थापना दिवस मनाइयो | लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः ८ मन्त्रालय कायम | १ अर्ब ८९ करोड बढीको हुन्डी कारोबार आरोपमा राजेन्द्रप्रसाद रिजाल पक्राउ | सुनसरीका १० स्थानीय तहमा तेस्रो दिन पनि कर्फ्यु जारी, जनजीवन प्रभावित | धकधईमा ‘ग्रीन रोहिणी’: वातावरण जोगाउन ४०० भन्दा बढी बिरुवा रोपी वितरण | सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणको लागुऔषधसहित तीन पक्राउ | सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणको लागुऔषधसहित तीन पक्राउ | मानव बेचबिखन नियन्त्रणमा सबैको सहकार्य अपरिहार्य: प्रहरी महानिरीक्षक दानबहादुर कार्की | सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनद्वारा दुःख व्यक्त, संयम र सद्भाव कायम राख्न अपिल |

खत्याडमा रारा–खत्याड च्याम्पियनसिप गोल्डकप सुरु

Ujyalosandeshonline 11844+ समाचार ( )
८ कार्तिक २०८१, बिहीबार

मुगु । मुगु जिल्लाको पश्चिम खत्याड भेगमा पर्ने खत्याड गाउँपालिकामा प्रथम रारा–खत्याड च्याम्पियनसिप गोल्डकप सुरु भएको छ । सुईना कर्णाल मुगु, खत्याड गाउँपालिका– ३ को संयुक्त आयोजनामा र खत्याड गाउँपालिकाको आर्थिक सहयोगमा बुधबारदेखि खत्याड गाउँपालिकाको कालिका माध्यामिक विद्यालय बुगामा प्रथम रारा–खत्याड च्याम्पियनसिप गोल्डकप सुरु भएको हो ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराको साथ सुरु भएको प्रथम रारा खत्याड च्याम्पियनसिप गोल्डकपमा फुटबल, महिला पुरुष भलिबल खेल सञ्चालन गरिने आयोजक स्रोतले जनाएको छ ।

प्रतियोगितमा फुटबल खेलमा ४७ वटा टिम, पुरुष भलिबल २१ टिम र महिला भलीबल ७ वटा टिम दर्ता भएको प्रथम रारा–खत्याड च्याम्पियनसिप गोल्डकप आयोजक सुईना कर्णालीका अध्यक्ष अनिल बानियाँले जानकारी दिए ।

खेलकुद प्रतियोगिता बिहीबारबाट सुरु भएको र प्रतियोगितामा विजेता हुने फुटबल टिमलाई कप, मेडेल र प्रमाणपत्रसहित ६० हजार, उपविजेतालाई मेडल र प्रमाणपत्रसहित २० प्रदान गरिने छ ।

पुरुष, महिला भलिबलतर्फ विजेता हुनेलाई कप, मेडल र प्रमाणपत्रसहित ३० हजार र उपविजेतालाई मेडेल र प्रमाणपत्रसहित १० हजार प्रदान गरिने बताइएको छ । त्यसैगरी फुटबल, भलिबलतर्फ तेस्रो हुने टिमलाई मेडलसहित प्रमाणपत्र प्रदान गरीने अध्यक्ष बानियाँले बताए ।

त्यस्तै, खेल अविधभर सर्वोत्कृष्ट खेलाडीलाई मेडेल र प्रमाणपत्रले सम्मान गरिने छ । आज औपचारिक कार्यक्रम उद्घाटन गरिएको र भोलिबाट खेलकुदका कार्यक्रम सञ्चाल गरिने जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार