मुख्य समाचार
रुपन्देही पर्यटकीय ‘हब’ बन्दै, होटल क्षेत्रमा उच्च लगानी | ट्रेकिङका सामान बोकेर डोल्पा जाँदै गरेका खच्चड | रसुवामा डिपबोरिङ, पाँच सय घरपरिवार लाभान्वित | पंचकन्या रूपन्देही सुपरलिगः नेपथ्य तिलोत्तमा विजयी | मर्चवारमा राज्यको लगानी बालुवामा पानी: ३० लाखका ‘वाटर एटिएम’ बने तस्बिर खिचाउने थलो | एसइई ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि | जनताको दैनिकीसँग जोडिएका विषयलाई प्राथमिकता दिन आग्रह | सीमित स्रोतसाधनमा काम गर्न बाध्य : मधेसी आयोग | अर्घाखाँचीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २२ घाइते | धर्म, संस्कृतिको संरक्षण र नैतिक शिक्षाबाट मात्रै समाज सुधार सम्भव:मुख्यमन्त्री आचार्य |

लोकतन्त्र विरोधी शक्तिहरुले संघीय गणतन्त्रलाई समाप्त पार्ने खेल खेलिरहेको छ : उपेन्द्र यादव

Ujyalosandeshonline 11250+ समाचार ( )
२७ वैशाख २०८२, शनिबार

जनकपुर । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिले मुलुकमा लोकतन्त्र विरोधी शक्तिहरुले संघीय गणतन्त्रलाई समाप्त पार्ने खेल खेलिरहेको टिप्पणी गरेका छन् । शनिबार जनकपुरधाममा समाजवादी महिला, संघ नेपालको प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशन २०८२ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले संघीय गणतन्त्रलाई समाप्त गर्न सडकदेखि सदनसम्म लोकतन्त्र विरोधीहरु षडयन्त्र गरिरहेको बताए ।उनले मुलुकमा लोकतान्त्रिक गणतन्त्र नभए समानता पनि नहुनेमा जोड दिए । 

विगतको २५० वर्षको निरङकुश शासनमा महिलाहरुका लागि समानता कतै नभएको उनले बताए । ‘पहिलाको तुलनामा अहिले महिलाहरुले हरेक निकाय, क्षेत्रमा आफ्नो हक अधिकार पाइरहेका छन्, ती सबै मधेश आन्दोलनबाट प्राप्त संघीयताको हो,’अध्यक्ष यादवले भने । उनले अहिले महिलाको ३३ प्रतिशत सहभागीता भएपनि राज्यको हरेक अंगमा महिलाको ५० प्रतिशत सहभागिता हुनुपर्नेमा जोड दिए । समानताको परिकल्पना जनता समाजवादी पार्टीबाहेक अन्य कुनै पार्टीमा नभएको उनको भनाई थियो ।

त्यस्तै, उनले मुलुक मन्त्री र प्रधानमन्त्रीले नभई बिचोलियाहरुले चलाईरहेको आरोप लगाएका छन् । कमिसन खोर, दलाल र बिचोलियाहरुले सबै नियुक्ति र बजेट निर्माणका कार्यहरुमा कब्जा गरेको उनले आरोप लगाएका छन् । सरकारले २६ खरब बढी बैदेशिक ऋण लिएपनि त्यो ऋण कहाँ खर्च हुँदैछ भन्ने कसैले बुझ्न नसकेको उनले उल्लेख गरे । विश्व बैंकले खर्बौ खर्ब रुपैयाँ अनुदान दिएपनि देश विकास हुन नसक्नुमा भ्रष्ट्राचार मुख्य कारण भएको यादवको भनाई छ । अध्यक्ष यादवले मुलुक अहिले राजनितिक रुपमा संकट र आर्थिक रुपमा जर्जर अवस्थामा रहेको टिप्पणी गरेका छन् । सरकारले संविधान संशोधन गर्ने नाममा जनतालाई ठग्ने काम मात्र गर्दै आएको उनले आरोप समते लगाएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै