मुख्य समाचार
समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने | ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध | विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सिकाउँदै प्रहरी उपरीक्षक पाण्डे | श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो | अर्घाखाँचीमा १५ जनाले लिए ३९० घण्टे मन्टेश्वरी तालिम, स्वरोजगार बन्न सघाउ पुग्ने विश्वास | अर्घाखाँचीको आर्थिक अवस्था पहिचान गर्न आर्थिक गणना कार्यालय स्थापना | सोह्र औषधि पसल निलम्बनमा | सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन | सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल | वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी |

सुख्खाग्रस्त र खानेपानीको समस्या समाधानका गर्न मुख्यमन्त्री सिंहको आग्रह

Ujyalosandeshonline 10783+ समाचार ( )
३१ असार २०८२, मङ्गलबार

जनकपुरधाम । मुख्यमन्त्री सतिश कुमार सिंहले सुख्खाग्रस्त र खानेपानीको समस्या समाधानका लागि प्रदेश सरकारले आफ्नो स्रोत साधन परिचालन गर्ने बताउँदै आवश्यक सहयोग गर्न संघीय सरकार र दातृ निकायहरुसंग आग्रह गरेका छन् ।

मंगलबार विहान सरोकारवाला मन्त्रालय र दातृ निकायहरुसंग छलफल गर्दै मुख्यमन्त्री सिंहले सुख्खा र खानेपानीको मौजुदा समस्या समाधानका लागि सबैको सामुहिक प्रयास आवश्यक रहेको बताउँदै मौजुदा अवस्थामा प्रदेश सरकार तथा दातृ निकायहरुवाट गर्न सकिने तात्कालिन र दिर्घकालिन उपायहरु अवलम्बन गर्न आग्रह गरे । 

प्रदेशका सबै १ सय ३६ वटै पालिकामा सुख्खा र खानेपानीको समस्या रहेको बताउँदै मुख्यमन्त्री सिंहले प्रदेशका नागरिक समस्यामा रहेका बेला सहयोग गर्न अग्रसरता देखाउनका लागि दातृ निकायका प्रतिनिधिहरूलाई आग्रह गरे ।

‘प्रदेशका नागरिक अहिले वातावरणीय असन्तुलनको प्रभाववाट संकटमा रहेका वेला खुल्ला हृदयले सहयोग गर्न दातृ निकायहरुलाई आग्रह गर्दछु,’मुख्यमन्त्री सिंहले भने । सुख्खाका कारण धान रोपाइ हुन नसके यसले आगामी दिनमा खाधान्न संकट आउन सक्ने खतरालाई ध्यानमा राखी काम अगाडी बढाउन मुख्यमन्त्री सिंहले समपूर्ण सरोकारवालाहरुलाई निर्देशन दिए ।

अहिलेवाट नै काम सुरु गरौं, कहाँ समस्या आउछ मलाइ भन्नुहोस तर अव नागरिकलाई यो समस्यावाट निकाल्नु हामी सबै गम्भिरताका साथ लागौं – मुख्यमन्त्री सिंहले भने । उनले सुख्खा र खानेपानी समस्याको समाधानका लागि संघीय सरकारसँग आवश्यक छलफल भइरहेको बताए । मुख्यमन्त्री सिंहले सुख्खा र खानेपानीको समस्या समाधानका लागि हुने सबै प्रयास र कार्यको दैनिक अपडेट गराउन समेत आग्रह गरे ।

बैठकमा भुमि व्यवस्था कृषि तथा सहकारीमन्त्री जनार्दन सिंह क्षेत्री,गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखी र उर्जा, सिंचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादव, विभिन्न दातृ निकायका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार