मुख्य समाचार
सिमकोट आइपुगेका मानसरोवर कैलाश तीर्थयात्रा हिँडेको तीर्थयात्री | हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो | झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य | परीक्षणसम्बन्धी नयाँ नियमले चिया निर्यात ठप्प | प्रहरी टोलीमाथि आक्रमण गर्ने मनसुरी नवलपरासीबाट पक्राउ | नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा पदबहाली | पाल्पा पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा | ट्राउट फार्मबाटै जीवन धान्दै, पर्यटक तान्दै गुरुङ दाजुभाइ | सदनमा सांसदको कहर : ‘ काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’ | शैक्षिक सामग्री वितरण गरी शेषमणिले मनाए आफ्नो जन्मदिन |

‘संविधानलाई पूर्णता दिन स्थिर सरकार आवश्यक’

Ujyalosandeshonline 11308+ समाचार ( )
७ जेठ २०८१, सोमबार

काठमाडौंं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले मुलुकको वर्तमान राजनीतिक संरचनाले आत्मनिर्भर निर्णय लिनसक्ने नभएको बताएका छन् । 

सोमबार काठमडौंमा आयोजित वेपत्ता योद्धा र शक्ति प्रक्रिया विषयक अन्तरक्रिया कार्यक्रममा उनले संविधानमा कयौं कुरा अपूर्ण रहेकाले त्यसलाई पूर्णता दिन जरुरी रहेको भन्दै नेपालमा पाँच वर्ष स्थिर सरकार रहने परिकल्पनाको पनि आवश्यक रहेको बताए । 

उनले भने, ‘अहिलेको राज्य जुन छ, यसैमा बस्छु भन्यो भने देशमा भंयकर ठूलो समस्या आउँछ । निकट भविष्यमा आउने छ । किन कि त्यो हाम्रो मात्र चाहनामा छैन । यसको जस्ता खालका संरचना छन्, जस्तो खालका यसका विशेषताहरु देखिएका छन् । यति सजिलो छ यहाँ राजनीतिक व्यापार गर्न । त्यसलाई अहिले भइराखेका नेताहरुले थेग्न सक्छन् ? भन्दा त्यो उनीहरुको चाहाना र शक्तिभित्र नपर्न सक्छ । त्यसैले यसलाई स्थिरता दिने हो । ठोस मूर्त गर्ने हो । कयौं कुरा अपूर्ण छ संविधानमा त्यसलाई पूर्णता दिन जरुरी छ । नेपालमा पाँच वर्ष स्थिर सरकार रहने परिकल्पना गर्न पनि आवश्यक छ ।

उनले नेपालको राजनीतिक आन्दोलन आत्मनिर्भर बन्न नसक्दा पार्टीहरु जुट्ने र फुट्ने प्रक्रिया चलिरहेको बताए । सरकार ढल्ने बन्ने भन्ने कुरा कतै न कतैबाट प्रभावित हुने भन्दै पार्टी र नेताहरुले आत्मनिर्भर तरिकाले निर्णय लिन नसक्नु दुखद् विषय रहेको उनको भनाइ छ । 

उनले भने, ‘देशमा पार्टीहरु जुटिराखेका छन्, फुटिराखेका पनि छन् । ती सबैको विश्लेषणको पछाडि के छ भने नेपालको राजनीतिक आन्दोलन आत्मनिर्भर बन्न सकेको छैनन् । नेपालको राजनीतिक आन्दोलन देशलाई केन्द्रविन्दुमा राखेर जान सकिराखेको छैन् । पार्टी र नेताहरुले आत्मानिर्भर तरिकाले निर्णय लिन सकेको छैनन् । सरकार ढल्ने बन्ने भन्ने कुरा कतै न कतैबाट प्रभावित हुन्छन् ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार