मुख्य समाचार
हुम्लामा हिमपातले जनजीवन प्रभावित | कांग्रेस १५औँ महाधिवेशनः विभिन्न पदका उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक | नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति | पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज | ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना | जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल | दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम | अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा |

सन्धिखर्कमा ‘लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान’ सुरु, डिजिटल हिंसा न्यूनीकरणमा जोड

अनिल नेपाली 141+ समाचार ( )
९ मंगशिर २०८२, मङ्गलबार

सन्धिखर्क । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा आजदेखि “लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान” सुरु भएको छ। सन्धिखर्क नगरपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा सुरु भएको यो अभियानले महिलामाथि हुने डिजिटल, शारीरिक तथा मानसिक हिंसा अन्त्य गर्ने उद्देश्य राखेको छ ।

यस वर्ष “प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने राष्ट्रिय नाराका साथ आयोजित कार्यक्रमको उद्घाटन गर्दै सन्धिखर्क नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले बढ्दो प्रविधिको प्रयोगसँगै डिजिटल हिंसा मुख्य चुनौतीका रूपमा देखा परेको बताउनुभयो। उहाँले प्रविधिको सही प्रयोगले नै हिंसा न्यूनीकरणमा टेवा पुग्ने धारणा राख्नुभयो ।

कार्यक्रममा नगर उप-प्रमुख मिश्रा आचार्यले सुरक्षित अनलाइन प्रयोग, महिला अधिकार र कानुनी व्यवस्थासम्बन्धी सचेतनाले हिंसा कम गर्न मद्दत पुग्ने बताउनुभयो। त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालले सामाजिक र सांस्कृतिक समृद्धिका लागि हिंसा न्यूनीकरण अपरिहार्य रहेको भन्दै नगरपालिकाले महिला सशक्तिकरणका क्षेत्रमा थप प्रभावकारी कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा वरिष्ठ प्रशासकीय अधिकृत मन्जु खनाल, जनप्रतिनिधिहरू, कर्मचारी तथा महिला अधिकारकर्मीहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार