मुख्य समाचार
धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह | बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो | आजको मौसम : कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना | दश वर्षमा पनि बनेन मनाङमा पुल | बुटवलबाट बेनीतर्फ लैजाँदै गरेको ८५ हजारको अवैध कपडा पाल्पामा बरामद | भन्सार छलेर भित्र्याइएको ठूलो परिमाणको कपडा नवलपरासीमा पक्राउ | विमानस्थलबाट गाँजासहित विदेशी नागरिक पक्राउ | गुल्मी जिल्ला प्रशासनको सेवामा सुधार, एकद्वार प्रणाली र QR भुक्तानीको माग | केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ | बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट |

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिको दाबी

Ujyalosandeshonline 12080+ समाचार ( )
३० चैत्र २०८०, शुक्रबार

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीले दाबी गरेको छ । प्रदेशसभाका बहुमत सांसदहरूले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेका हुन् । 

प्रदेश प्रमुख नजिर मियाँले आइतबारसम्मको समय दिएर सरकार गठनका लागि आह्वान गरेका छन् । तर सत्ता गठबन्धन र कांग्रेस दुवैले बहुमत पु¥याउन नसकेर सरकार गठन हुन सकेको छैन । प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टी निर्णायक अवस्थामा छ । 

सो पार्टीका सांसदहरूले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गर्दै त्यसकालागि छलफल थाल्ने बताएका छन् । सांसद लक्ष्मणकिशोर चौधरीले संसदीय दलमा बहुमत सदस्यहरूले आफूलाई मुख्यमन्त्रीकारुपमा अघि सारेर सरकार गठनको पहल गर्ने निर्णय भएको बताए । 

प्रदेशसभामा नागरिक उन्मुक्तिका ७ सांसद थिए । यसअघि पार्टीले सांसद इन्दिरा गिरीलाई फिर्ता बोलाएको छ भने अब ६ जना सांसद छन् । चौधरीलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गर्दै चार सांसदले हस्ताक्षर गरिसकेका छन् । 

पार्टी अध्यक्ष रञ्जिता चौधरी र संरक्षक रेशमलाल चौधरीबीचको द्धन्द्धका कारण सुदुरपश्चिममा नागरिक उन्मुक्तिले राजनीतिक निर्णय लिन सकिरहेको छैन । अध्यक्ष श्रेष्ठ वर्तमान सत्ता गठबन्धनमै सामेल भएर अघि बढ्नु पर्ने पक्षमा छिन् भने रेशमले कांग्रेससँग मिलेर अघि बढ्ने नीति लिएका थिए । 

अहिलेकै अवस्थामा सुदूरपश्चिममा नागरिक उन्मुक्ति बिना सरकार बन्न बहुमत पुग्दैन । यस्तोमा मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिको दाबी निकै बलियो देखिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै