मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

‘संगीतकार गुरुदेव कामतलाई राज्यले चिनेन्’

Ujyalosandeshonline 12611+ समाचार ( )
२६ श्रावण २०८१, शनिबार

काठमाडौं । शास्त्रीय संगीतकार गुरुदेव कामतको श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । शनिबार जमलस्थित नाचघरमा उक्त शोक सभा सम्पन्न भएको हो । 

सभामा कलाकार मदनदास श्रेष्ठले राजनीतिक दलको झण्डा बोक्नेले मात्र अवसर पाउने तर देशको लागि सोच्ने, योगदान दिने व्यक्तिको निधनले मर्माहत बनाएको बताए । उनले देशमा गीत, संगीतलाई जोगाउने सर्जकहरुलाई सहयोग र उनीहरुको विकासको लागि राज्यले धेरै संस्थाहरु खोले पनि काम नभएकोप्रति दुःख व्यक्त गरे ।

उनले भने, ‘हाम्रो देशमा गीत, संगीतलाई जोगाइराखेका सर्जकहरुलाई सहयोग र उनीहरुको विकासको लागि राज्यले धेरै संस्थाहरु खोलिएका छन् तर काम भएको छैन् । सबै सर्जकहरुले कुनै न कुनै राजनीतिक दलको झण्डा बोक्नुपर्ने र त्यस्ताले मात्र अवसर पाउने अवस्था छ । देशका लागि सोच्ने, योगदान दिने व्यक्तिको निधनले दुखित बनाएको छ ।’

राज्य र सरकारले यस्तो सर्जकहरुको लागि सोचेको भए कामतले अझै देशको लागि धेरै योगदान दिनसक्ने पनि उनको भनाई छ । 

कामतको बिहीबार बिहान निजी निवास सिरहामा निधन भएको हो । ६९ वर्षीय संगीतकार कामत लामो समयदेखि मिर्गौला पीडित थिए । मिर्गौलाको उपचार गराइरहेका उनी आर्थिक समस्या भएपछि एक महिना अगाडि काठमाडौंबाट सिरहा घरमा पुगेका थिए ।

नेपाली गीत संगीत क्षेत्रमा ४० वर्षसम्म निरन्तर योगदान गरेका कामतको जन्म २०१२ साल साउन १७ गते सिरहामा भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार