मोटरसाईकल दुर्घटनामा रुपन्देहीका दुई जनाको मृत्यु

Ujyalosandeshonline 11139+ समाचार ( )
२९ मंगशिर २०८२, सोमबार

भैरहवा । सोमबार बिहानै सडक दुर्घटनामा परि रुपन्देहीका दुई जनाको मृत्यु भएको छ । रुपन्देहीको भैरहवा–परासी सडक खण्डमा रोहिणी गाउँपालिका वडा नम्बर ३, परासीझुवामा रोकिरहेको ट्रकमा मोटरसाईकल ठोकिएको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक सुरज कार्कीले बताउनुभयो । 

मृत्यु हुनेमा ओमसतिया गाउँपालिका वडा नम्बर ३ का २१ वर्षिय राजु हरिजन र सोही ठाँउ बस्ने २३ वर्षिय रोहित यादव रहेको कार्कीले जानकारी दिनुभयो । सोमबार विहानै करिब ६ बजे परासीबाट भैरहवा तर्फ आउदै गर्दा ग ११ प ८६२५ नम्बरको मोटरसाइकलमा सवार दुबै जनाले रोकिरहेका एचआर ५५ डब्लु ०३०१ नम्बरको भारतीय ट्रकमा ठोकिएका थिए । 

गम्भिर घाईते रहेको दुबै जनालाई तत्काल भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज पुर्‍याईए पनि उपचारको क्रममा दुबै जनाको मृत्यु भएको प्रहरी नायब उपरिक्षक कार्कीले बताउनुभयो । 

प्रहरीले दुर्घटनाग्रस्त ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएको र यसबारे थप अनुसन्धान गरिरहेको जनाएको छ । 

यसै गरि रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३, दरखस्वामा एक वृद्धाको शव पानीमा अर्ध डुबेको अवस्थामा फेला परेको छ । सोमबार बिहान करिब सवा ८ बजे स्थानीय बासिन्दाले नारायण सिंह थापाको खाली जग्गामा जमेको पानीमा करिब ६५ वर्षिय एक महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी सुरज कार्कीले जानकारी दिनुभयो । 

हालसम्म उनको नाम, थर र ठेगाना खुल्न सकेको छैन । घटनाको प्रकृती, मृत्युको कारण र मृतक महिलाको पहिचान पत्ता लगाउन थप अनुसन्धानको लागि  जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट विशेषज्ञ टोली खटिएको कार्कीले बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार