मुख्य समाचार
नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा |

भारतीय पर्यटकका विषयमा फैलाइएका सूचना आधारहीनः पर्यटन बोर्ड

Ujyalosandeshonline 12457+ समाचार ( )
३१ वैशाख २०८३, बिहीबार

काठमाडौँ । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकमाथि नेपाल सरकारले नयाँ प्रतिबन्ध लगाएको भन्ने भ्रामक र तथ्यहीन समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पर्यटन बोर्डले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै केही सञ्चारमाध्यम र अनलाइन ‘प्लेटफर्म’मार्फत भारतीय पर्यटकलाई नेपाल प्रवेश गर्दा अनिवार्य परिचयपत्र लागू गरिएको, नेपालमा बसाइ अवधि ३० दिनमा सीमित गरिएको तथा अवधि नाघेमा सवारीसाधन जफत गरिने जस्ता विवरण पूर्णरूपमा गलत, आधारहीन र भ्रामक भएका जनाएको हो ।

विज्ञप्तिमा नेपाल सरकारले भारतीय पर्यटकको बसाइ अवधिमा कुनै नयाँ प्रतिबन्ध नलगाएको तथा नेपाल–भारतबीच लामो समयदेखि कायम खुला सीमा व्यवस्था र द्विपक्षीय समझदारीमा कुनै परिवर्तन नगरिएको उल्लेख गरिएको छ । नेपाल र भारतबीचको ऐतिहासिक जनस्तरको सम्बन्ध, सांस्कृतिक निकटता र पर्यटन सहकार्य यथावत जनाइएको छ ।

बोर्डका अनुसार नेपाल सरकारले हालै निजी सवारीसाधनमार्फत स्थलमार्गबाट नेपाल प्रवेश गर्ने भारतीय तथा अन्य विदेशी पर्यटकका लागि ‘अनलाइन’ सहजीकरण प्रणाली सुरु गरेको छ । भन्सार विभागद्वारा विकसित उक्त ‘डिजिटल प्रणाली’मार्फत अस्थायी प्रवेश अनुमति र राजस्व भुक्तानी अनलाइनमार्फत गर्न सकिने व्यवस्था गरिएको  छ । यस व्यवस्थाले सीमा नाकामा हुने झन्झट कम गर्नुका साथै पर्यटकलाई सहज सेवा प्रदान हुने विश्वास बोर्डले व्यक्त गरेको छ ।

पर्यटन बोर्डले सञ्चारमाध्यम, डिजिटल प्लेटफर्म, पर्यटन व्यवसायी तथा सर्वसाधारणलाई अपुष्ट सूचना प्रसारण नगर्न र पर्यटनसम्बन्धी नीति तथा यात्रा व्यवस्थासम्बन्धी जानकारीका लागि आधिकारिक सरकारी स्रोतमा मात्रै भर पर्न आग्रह गरेको छ । नेपाल भारतीयसहित विश्वभरका पर्यटकका लागि सुरक्षित, मैत्रीपूर्ण र स्वागतयोग्य गन्तव्य रहेको उल्लेख गर्दै बोर्डले नेपाल–भारतबीचको मैत्री, सहकार्य र सहज आवतजावत प्रवर्द्धनमा सरकार प्रतिबद्ध रहेको जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार