मुख्य समाचार
त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन | डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु | दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल | घटनामा दोषी देखिएकालाई कारबाही हुन्छः मन्त्री यादव | कर्णाली प्रदेशका पूर्व कानूनमन्त्री शाहीको निधन | बयानब्बे जनामा डेङ्गु सङ्क्रमण | रसुवा बाढीः १५ जनाको सनाखत, तीन हजार ७०० बढी अझै बेपत्ता | पाल्पामा प्रहरीको विशेष चेकिङ : मापसे चालकविरुद्ध सार्वजनिक हितविरुद्धको मुद्दा |

राष्ट्रियसभा निर्वाचनको सिट बाँडफाँटमा एकीकृत समाजवादी असन्तुष्ट, गठबन्धनको बैठक बस्दै

Ujyalosandeshonline 12334+ समाचार ( )
२२ पौष २०८०, आइतबार

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धन दलले सिट बाँडफाँट गरेपनि नेकपा एकीकृत समाजवादी भने असन्तुष्ट बनेको छ ।

शनिबार विहानदेखि छलफलमा जुटेका सत्ता गठबन्धन दलहरूले अब एमालेसहित अन्य कुनै पनि दलसँग गठबन्धन नगर्ने निर्णय गर्दै १९ सिटको भागबण्डा गरेका थिए । अनौपचारिकरुपमा अहिलेको भएको भागबण्डामा १० सिटमा कांग्रेस, ६ सिटमा माओवादी केन्द्र, २ सिटमा नेकपा एकीकृत समाजवादी र १ सिटमा जसपाले उम्मेदवारी दिने तय भएको छ । तर एकीकृत समाजवादीका नेताहरू भने असन्तुष्ट देखिएका छन् । 

शनिबार साँझ बैठक नसकिदै एकीकृत समाजवादीका नेताहरू बैठकबाट बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार विहान फेरि बस्ने गरी गठबन्धनको बैठक बोलाएका छन् । 

शनिबार साँझ बैठकपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सिट बाँडफाँटका विषयमा लगभग सहमति भएको बताए । ‘अहिलेको छलफलले लगभग सहमतिनजिक पुगेका छौँ । आइतबार विहान सबै कुरा मिल्छ, त्यसपछि सोमबार हामी उम्मेदवारको मनोनयन गर्छोँ, लेखकको दाबी थियो । उनले अब अन्य दलहरूसँग गठबन्धनको सम्भावना भने टरेको बताएका थिए । 

तर एकीकृत समाजवादी नेता राजेन्द्रप्रसाद पाण्डेले भने शनिबारको छलफलमा कुनै सहमति नभएको बताए । ‘अहिले केही कुरा मिलेको छैन । आइतबार फेरि छलफल हुन्छ, उनको भनाइ थियो । 

एकीकृत समाजवादीले ४ सिटमा दाबी गरेको थियो । तर गठबन्धनमा दुई सिट मात्रै पाउने भएपछि नेताहरूले असन्तुष्टि जनाएका छन् । 

गठबन्धनमा १३ सिट दाबी गरेको कांग्रेसले सबैलाई मिलाएर लैजान तयार रहेको प्रमुख सचेतक लेखकले दाबी गरे । ‘हामीले १३ सिटमा दाबी गरेको हो । देशभरिको हाम्रो मतदाताको संख्या र केन्द्रमा पनि कांग्रेसको उपस्थितिले हामीले त्यो दाबी गरेका हौँ । तर फेरि सबैलाई मिलाएर जाने कुरामा तयार छौँ, उनले भने ।

सत्ता गठबन्धनकै दलहरू लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीले पनि एक–एक सिटमा दाबी गरेका थिए । तर प्रमुख दलहरूले मतभारका आधारमा गठबन्धन हुने भन्दै चार दलका बीचमा मात्रै भागबण्डा गर्ने तयारी गरेका छन् ।

सिट बाँडफाँट बारे टुंगो लगाउन अहिले विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल हुँदैछ । आजको बैठकले सिटको टुंगो लगाउने र सोमबार विहानसम्म उम्मेदवारको टुंगो लगाएर मनोनयन दर्ता गर्ने दलहरूको तयारी छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार