मुख्य समाचार
नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा |

काठमाडौंबाट दिल्ली जाँदै गरेको ट्रकमा २,५७० किलो अवैध ओखर बरामद, चालक पक्राउ

Ujyalosandeshonline 12457+ समाचार ( )
१४ वैशाख २०८३, सोमबार

सोनौली । नेपाल-भारत सीमा क्षेत्रमा तस्करी नियन्त्रण अभियानका क्रममा सशस्त्र सीमा बल र भारतीय प्रहरीको संयुक्त टोलीले ठूलो परिमाणमा अवैध विदेशी ओखर बरामद गरेको छ। सीमा स्तम्भ संख्या ५१७/२ नजिकै गरिएको नियमित जाँचका क्रममा नेपालबाट भारततर्फ जाँदै गरेको आरजे १४ जीजे ५७२२ नम्बरको भारतीय ट्रकबाट उक्त ओखर बरामद गरिएको हो।

तस्करीका लागि ट्रकभित्र विशेष रूपमा बनाइएको ‘केबिन’ भित्र लुकाएर राखिएको अवस्थामा १०३ वटा बोरामा प्याक गरिएको कुल २५ सय ७० किलो ओखर फेला परेको सुरक्षा निकायले जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा यो ओखर काठमाडौंबाट लोड गरी भारतको राजधानी दिल्ली पुर्‍याउने योजना रहेको खुलेको छ।

बरामद ओखर र ट्रकसहित चालकलाई नियन्त्रणमा लिएर थप कानुनी कारबाही अगाडि बढाइएको छ। नेपालका दर्जनौं चेकपोष्ट र सुरक्षा घेरा पार गर्दै काठमाडौंबाट हिँडेको तस्करीको सामान सीमासम्म कसरी पुग्यो भन्ने विषयले अहिले सीमा क्षेत्रमा सुरक्षाबारे गम्भीर प्रश्न उब्जाएको छ। यस घटनामा अन्य गिरोहको संलग्नताबारे भारतीय सुरक्षा स्रोतले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार