मुख्य समाचार
नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न | सांसदको स्वीकय कर्मचारी नियुक्ति सम्बन्धमा संसद् सचिवालयको सहजीकरण | पुराना सबै स्मार्ट लाइसेन्स छपाइ सम्पन्न, नयाँ २४ घण्टाभित्रै | श्रीमानको कुटाइः श्रीमतीको मृत्यु |

नक्कली नोटको भिडियो देखाएर १० मिनेटमा दोब्बर बनाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

Ujyalosandeshonline 11766+ समाचार ( )
२६ पौष २०८०, बिहीबार

काठमाडौं । नक्कली नोटको भिडियो देखाएर १० मिनेटमा दोब्बर बनाइदिने भन्दै ७ लाख रुपैयाँ ठगी गरेको आरोपमा सिन्धपाल्चोकका कुमार लामालाई प्रहरीले पक्राउ गरेको छ ।

चौतारा साँगाचोक गढी नगरपालिका–५ घर भई हाल स्वयम्भु बस्दै आएका लामाले पुस १६ गते नारायणथान सडक खण्डबाट दाङ तुलसीपुर–५ का सुरेन्द्र वलीलाई १० मिनेटमा पैसा डबल बनाइदिने भन्दै नक्कली नोटको भिडियो देखाएर ७ लाख रुपैयाँ लगेका थिए । तर १० मिनेटमा दोब्बर पैसा लिएर फर्किन्छु भनेर हिँडेका कुमार फेरि फर्किएनन् ।

त्यसपछि सुरेन्द्रको जाहेरीका आधारमा प्रहरीले बुधबार कुमारलाई स्यम्भुबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए । लामाको साथबाट प्रहरीले ६० हजार रुपैयाँ नगद र एक थान मोवाइल समेत बरामद गरेको छ ।            

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार