मुख्य समाचार
ओमसतिया गाउँपालिकाद्वारा बजार अनुगमन तीव्र, म्याद गुज्रेका सामग्री जफत | सशस्त्र प्रहरीद्वारा सीमा क्षेत्रमा कडाइ: ७ महिनामा १ अर्ब ३३ करोडभन्दा बढीको अवैध सामग्री बरामद | मदिरा व्यवसायी संघ भैरहवाद्वारा स्थापना दिवसको अवसरमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग | मर्चवारमा महिलाको हत्यामा संलग्न रहेको आरोपमा चार जना पक्राउ | वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै |

क्रिकेटका लागि सरकारले बजेट थप्छ : अर्थमन्त्री महत

Ujyalosandeshonline 12618+ समाचार ( )
२० माघ २०८०, शनिबार

काठमाडौं । अर्थमन्त्री प्रकाश शरण महतले क्रिकेटलाई प्रोत्साहन गर्नका लागि सरकारले बजेट थप गर्ने बताएका छन् । 

प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगिताको शनिबार त्रिवि मैदान कीर्तिपुरमा भएको फाइनल खेलको समारोहमा उनले अरु क्षेत्रको बजेट कम गरेर भए पनि खेलकुद क्षेत्रमा बजेट थप गर्ने र त्यसमा क्रिकेटलाई उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए । 

उनले भने, ‘नेपाल सरकारले आउने दिनमा यसमा थप बजेट विनियोजित गर्छ, समग्र रुपमा क्रिकेटलाई अन्तराष्ट्रिय रुपमा नेपाललाई पहिचान गराउने महत्वपूर्ण विधा भएको हुनाले यसमा पनि खर्च बढाउछौं । अरु क्षेत्रको बजेट कम गरेर भए पनि हामी खेलकुद क्षेत्रमा आउँदो बजेटमा उल्लेख्य बजेट थप्छौं । र, त्यसमा पनि सबैभन्दा बढी बजेट क्रिकेटलाई प्रोत्साहन गर्न हामी खर्च गर्छौ । यो विश्वास म अर्थमन्त्रीको नाताले दिलाउन चाहन्छु ।’ 

यस्तै, उनले अन्तराष्ट्रिय स्तरको खेलको अभ्यासको लागि पनि रकम खर्च गर्ने भन्दै स्रोत र साधनले पुगेसम्म क्रिकेटलाई माथि लानको लागि सरकारको पूर्ण सहयोग रहने बताए ।

उनले भने, ‘अन्तर्राष्ट्रिय स्तरको खेल खेल्नको लागि अभ्यासस्वरुप विभिन्न स्थानमा खेलहरु पनि हुने गरेको छ । त्यसको लागि रकम पनि नेपाल सरकारले सुनिश्चित गर्छ, त्यसको विश्वास पनि दिलाउन चाहन्छु । हामीले आफ्नो स्रोत र साधनले पुगेसम्म क्रिकेटलाई माथि लानको लागि नेपाल सरकार र अर्थमन्त्रालयको पूर्ण सहयोग हुने छ ।’ 

क्रिकेट न्यून साधन स्रोत भए पनि छोटो समयमा नै परिचित हुन सफल भएको उनले बताए । ‘हामी सबैले यसलाई गौरव गर्छौ । यसको सम्भावना पनि छ, त्यसको लागि सरकारले थप प्रोत्साहन गर्न, राष्ट्रिय गौरवको मान्यता दिएर क्रिकेट स्टेडियमहरु पनि निमार्ण गर्ने निर्णय गरेको छ,’ उनले भने, ‘यसैगरि अन्तराष्ट्रिय स्तरमा सहभागी, सफल खेलाडीहरुलाई पनि पुरस्कृत गर्दै जाने छौं ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार