मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

रोशी खोलाले अवरुद्ध गराएको बिपी राजमार्ग खुलाउने प्रयास जारी

Ujyalosandeshonline 12611+ समाचार ( )
३० वैशाख २०८२, मङ्गलबार

रामेछाप । वर्षाका कारण अवरुद्ध भएको बिपी राजमार्गको मर्मत कार्य जारी रहेको छ । सोमबार रातिको वर्षाका कारण रोशी खोलमा आएको बाढीले सो सडकको माम्ती, डालाबेसी र बोक्सी डाँडामा क्षति पु¥याएको छ । सोमबार राती सडक बगाएपछि सडक पूर्णरुपमा अवरुद्ध भएको छ । 

सडक खुलाउनको लागि सडक डिभिजन कार्यालयको डोजरले काम गरिरहेको छ । बाढीले काभ्रेको रोशी गाउँपालिकाका विभिन्न स्थानमा क्षति पु¥याएको सडक डिभिजन कार्यालय भक्तपुरकी सूचना अधिकारी विन्दु अधिकारीले जानकारी दिइन् । 

हिजो राति सडकमा क्षति भएपछि आफू क्षति भएको स्थानमा जाँदै गरेको कार्यालयका प्रमुख सुमन योगेशले बताए ।  

स्थानीय राज मैनालीका अनुसार बाढीले सडक उकास्न बाँकी रहेको रोशी खोला क्षेत्रमा क्षति पुर्याएको छ । ‘उकास्न बाँकी भई खोलामा डाइभर्सन बनाएको क्षेत्रमा क्षति गरेको छ, क्षति भएको ठाउँमा सडक निर्माणको काम भइरहेको छ, दिउँसो २ बजेसम्म सडक खुल्ला’, उनले भने । 

असोज महिनामा आएको बाढीले बिपी राजमार्गको रोशी खोला क्षेत्रमा ठुलो क्षति पुगेको थियो । सो क्षेत्रमा अस्थायी सडक निर्माण गरी यातायात सञ्चालन गरिएकोमा हिजो आएको बाढीले सडकमा क्षति पु¥याएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार