मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

रोशी खोलाले अवरुद्ध गराएको बिपी राजमार्ग खुलाउने प्रयास जारी

Ujyalosandeshonline 12321+ समाचार ( )
३० वैशाख २०८२, मङ्गलबार

रामेछाप । वर्षाका कारण अवरुद्ध भएको बिपी राजमार्गको मर्मत कार्य जारी रहेको छ । सोमबार रातिको वर्षाका कारण रोशी खोलमा आएको बाढीले सो सडकको माम्ती, डालाबेसी र बोक्सी डाँडामा क्षति पु¥याएको छ । सोमबार राती सडक बगाएपछि सडक पूर्णरुपमा अवरुद्ध भएको छ । 

सडक खुलाउनको लागि सडक डिभिजन कार्यालयको डोजरले काम गरिरहेको छ । बाढीले काभ्रेको रोशी गाउँपालिकाका विभिन्न स्थानमा क्षति पु¥याएको सडक डिभिजन कार्यालय भक्तपुरकी सूचना अधिकारी विन्दु अधिकारीले जानकारी दिइन् । 

हिजो राति सडकमा क्षति भएपछि आफू क्षति भएको स्थानमा जाँदै गरेको कार्यालयका प्रमुख सुमन योगेशले बताए ।  

स्थानीय राज मैनालीका अनुसार बाढीले सडक उकास्न बाँकी रहेको रोशी खोला क्षेत्रमा क्षति पुर्याएको छ । ‘उकास्न बाँकी भई खोलामा डाइभर्सन बनाएको क्षेत्रमा क्षति गरेको छ, क्षति भएको ठाउँमा सडक निर्माणको काम भइरहेको छ, दिउँसो २ बजेसम्म सडक खुल्ला’, उनले भने । 

असोज महिनामा आएको बाढीले बिपी राजमार्गको रोशी खोला क्षेत्रमा ठुलो क्षति पुगेको थियो । सो क्षेत्रमा अस्थायी सडक निर्माण गरी यातायात सञ्चालन गरिएकोमा हिजो आएको बाढीले सडकमा क्षति पु¥याएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार