मुख्य समाचार
बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध | सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा | जनमत पार्टीको दोस्रो महाधिवेशन वीरगञ्जमा हुने | नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द | आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने | पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द | प्रधानमन्त्री शाहद्वारा नेपाल–भारत–चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ प्रस्ताव | नेपाली कांग्रेस रूपन्देही १ को क्षेत्रीय सभापतिमा बैजनाथ साहनीको उम्मेदवारी घोषणा | दुर्घटनामा एकको मृत्यु | बाजुरामा लैङ्गिक हिंसा नियन्त्रण सञ्जालको अभिमुखीकरण सम्पन्न |
मुख्य समाचार
बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध | सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा | जनमत पार्टीको दोस्रो महाधिवेशन वीरगञ्जमा हुने | नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द | आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने | पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द | प्रधानमन्त्री शाहद्वारा नेपाल–भारत–चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ प्रस्ताव | नेपाली कांग्रेस रूपन्देही १ को क्षेत्रीय सभापतिमा बैजनाथ साहनीको उम्मेदवारी घोषणा | दुर्घटनामा एकको मृत्यु | बाजुरामा लैङ्गिक हिंसा नियन्त्रण सञ्जालको अभिमुखीकरण सम्पन्न |


सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा

Ujyalosandeshonline 12399+ समाचार ( )
९ अशोज २०८३, शुक्रबार

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका अधिकांश ठाउँमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाले बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभाव पश्चिमतिर सर्दै जाँदा आज रातिदेखि पश्चिम नेपालमा वर्षा बढ्ने पूर्वानुमान गरिएको जनाएको छ ।

कार्यालय प्रमुख इन्जिनियर सञ्जयकुमार साहले आज रातिदेखि वर्षा निरन्तर बढ्ने भएकाले जोखिमका दृष्टिले सुदूरपश्चिममा थप सतर्क रहनुपर्ने अवस्था रहेको बताउनुभयो । शनिबारदेखि पानी पर्ने क्रम थप बढ्ने र प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो तथा सडक अवरुद्ध हुनसक्ने जोखिम बढ्ने उहाँले जानकारी दिनुभयो ।

आज राति प्रदेशका हिमाली क्षेत्रमा साधारणतया बदली रही धेरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा एक वा दुई स्थानमा अतिभारी वर्षाको सम्भावना रहेको जनाइएको छ । यस्तै, पहाडी तथा तराई क्षेत्रमा साधारणतया बदली रही धेरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा एक वा दुई स्थानमा अतिभारी वर्षाको सम्भावना रहेको जल तथा मौसम कार्यालयले जनाएको छ ।

आगामी २४ घण्टामा आकस्मिक बाढीको जोखिम

आगामी २४ घण्टामा सुदूरपश्चिम प्रदेशका चार जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम देखिएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले शनिबार बिहान ८ः०० बजेदेखि २४ घण्टाका लागि गरेको आकस्मिक बहाव (फ्ल्यास फ्लड) जोखिम पूर्वानुमानमा प्रदेशका डडेलधुरा, डोटी, कैलाली र कञ्चनपुरलाई उच्च जोखिमको तहमा राखेको छ ।

महाशाखाको पूर्वानुमान नक्साअनुसार बैतडी, दार्चुला, बाजुरा, अछाम र बझाङमा मध्यम जोखिम रहेका प्रमुख साहले जानकारी दिनुभयो । पछिल्लो समय प्रदेशका विभिन्न स्थानमा भइरहेको वर्षासँगै साना नदी, खोला तथा खहरेमा पानीको बहाव बढ्नसक्ने भएकाले आकस्मिक बाढीको जोखिम बढेको भन्दै उच्च जोखिममा रहेका जिल्लाका नदी तथा खोला तटीय क्षेत्र र होचा भूभागमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरिएको उहाँले बताउनुभयो । 

यहाँका उच्च जोखिममा रहेका जिल्लाका नदी तटीय तथा जोखिमयुक्त क्षेत्रमा बाढी आउने सम्भावना उच्च हुने भएकाले आवश्यक तयारी अवस्थामा रहन स्थानीय तहलाई पनि आग्रह गरिएको छ । स्थानीय तह तथा सरोकार भएका निकायलाई आपत्कालीन तयारीका सामग्री तयारी अवस्थामा राख्नुका साथै उद्धार तथा राहतका स्रोतसाधन परिचालन गर्न सोहीअनुसार तयार रहन समन्वय भइरहेको कार्यालय प्रमुख इन्जिनियर साहले जानकारी दिनुभयो । 

उच्च जोखिममा रहेका डडेलधुरा, डोटी, कैलाली र कञ्चनपुरका नागरिकले नदी, खोला तथा खहरे आसपास अनावश्यक आवतजावत नगर्न, पानीको सतह बढेको अवस्थामा खोला नतर्न तथा मौसम र बाढीसम्बन्धी सूचना नियमित रूपमा लिन उहाँले आग्रह गर्नुभयो । जोखिम बढेमा स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशनअनुसार सुरक्षित स्थानतर्फ जानसमेत तयारी अवस्थामा रहन सचेत गराइएको छ ।

मध्यम जोखिममा रहेका बैतडी, दार्चुला, बाजुरा र अछामका नदीको जलस्तर बढ्नसक्ने भएकाले नदी तटीय तथा होचा भूभागका बासिन्दाले सतर्क रहन र पूर्वसूचना प्राप्त गरिरहनुपर्ने जनाइएको छ । स्थानीय तह तथा सम्बन्धित निकायले नदीको अवस्थाबारे निगरानी बढाउँदै समुदायलाई समयमै सूचना दिनसमेत सचेत गराइएको छ ।

यसैबीच, जल तथा मौसम विज्ञान विभागको पछिल्लो वर्षा निगरानीमा सुदूरपश्चिमका विभिन्न स्थानमा उल्लेख्य वर्षा मापन भएको छ । केही स्थानमा पछिल्लो २४ घण्टामा ७० मिलीमिटरभन्दा बढी वर्षासमेत मापन भएकाले वर्षा र त्यसबाट नदी खोलामा पर्नसक्ने प्रभावलाई जोडेर तयारी गर्न भनिएको छ । यहाँ आज सबैभन्दा बढी कैलालीको भजनी नगरपालिका क्षेत्रमा ७५ दशमलव छ मिलीमिटर वर्षा मापन गरिएको छ ।

यसै आधारमा सुदूरपश्चिमका अधिकांश स्थानीय तहले पूर्वतयारीस्वरुप नियमित मौसमी बुलेटिन अद्यावधिक गर्ने र सोहीअनुसार विभिन्न माध्यमबाट समुदायमा सूचना प्रवाह गरिरहेका छन् । बाढी तथा अतिवृष्टिसम्बन्धी सूचना लिन टोल फ्री नम्बर ११५५ मा नियमित सम्पर्क गर्न पनि आग्रह गरिएको छ  । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार