मुख्य समाचार
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न सरकार कटिबद्ध छ: सांसद पुनम अग्रवाल | पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध | चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गर्न निर्देशन | विद्यालय बस दुर्घटनाः पुरानो बस नचलाउन भनेका थियौँ : स्थानीयवासी | भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता | नेपाली कांग्रेस सभापतिमा थापा निर्वाचित | सडक सुरक्षामा ध्यान दिन प्रहरीको आग्रह | भैरहवामा लगानीकर्ता सचेतना तथा पूँजीबजार साक्षरता कार्यक्रम सम्पन्न | नेपाली कांग्रेस महाधिवेशनः मतदान सुरू | कर्णालीमा पाँच हजार प्रहरी परिचालन गरिने |

कांग्रेस सर्लाही सभापति सिंहले दिए राजीनामा

Ujyalosandeshonline 12490+ समाचार ( )
६ भाद्र २०८२, शुक्रबार

रौतहट । नेपाली कांग्रेस सर्लाहीको सभापति पदबाट सुरेन्द्रप्रसाद सिंहले राजीनामा दिएका छन । नेपाली कांग्रेसका केन्द्रीय सभपाति शेरबहादुर देउवालाई सम्बोधन गर्दै उनले  राजीनामा पत्र बुझाएका हुन् ।तत्कालिन मनुस्मारा सिँचाई आयोजनाको जल उपभोक्ता समितिको अध्यक्ष रहँदा आर्थिक अनियमितता मुद्दामा विशेष अदालतले केही समयअघि दोषी ठहर गरेको थियो ।

सर्वोच्च अदालतले समेत विशेषको फैसला सदर गर्दै उनलाई चार महिना १५ दिन कैद र एक करोड २३ लाख रुपियाँ बिगो भराउने फैसला गरेको थियो । अदालतले दिएको आदेशलाई स्वीकार गर्दै नेपाली कांग्रेस सर्लाहीको सभापति पदबाट राजीनामा दिएको सिंहले जारी गरेको पत्रमा उल्लेख छ ।

‘आफुमाथि लगाइएको मुद्दा अदालतबाट सदर भएको अवस्थामा छ,’ उनले भने, ‘अदालतको आदेश मान्नु मेरो कर्तव्य पनि हो ।’पार्टीको जिम्मेवार पदबाट राजीनामा दिएपनि आफू सदैव नेपाली काँग्रेसप्रतिको आस्था र विचारलाई अंगिकार गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन ।

जिल्ला सभापतिबाट सिंहले राजीनामा दिएपनि कार्यवाहक तोक्न भने बाँकी छ । २०७८ साल फागुन २९ गते सर्लाही सभापति पदमा निर्वाचित भएका सिंह दुई पटक पाटीको जिल्ला उपसभापतिको जिम्मेवारी समेत निर्वाह गरिसकेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार