मुख्य समाचार
राजनीति फोहोरी खेल होइन, स्वार्थ बोकेका व्यक्ति फोहोरी हुन : सुहाङ नेम्वाङ | एनेस्थेसिया भन्नेबित्तिकै मान्छेहरु डराउँछन्, यो नबुझेर हो : डा. ढकाल | सुनसरी औराबनीका २० घरपरिवारलाई भवन निर्माण गरी हस्तान्तरण | लागुपदार्थ सेवन गरी सवारी चलाउने ६ जना चालक पक्राउ | मुगुका किसान स्याउको विरुवा उत्पादनमा आत्मनिर्भर | गृह सचिव अर्यालद्वारा अध्यागमन विभागका महानिर्देशकलाई अधिकार प्रत्यायोजन | ओमसतियामा प्रथम उपाध्यक्ष कप सुरु | प्रधानमन्त्रीसहित सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरिने | विधिको शासनको अभावमा लोकतन्त्र सुदृढ हुन सक्दैन— प्रधानन्यायाधीश | डिजाइन एक्स्पोमा उपप्रमुख |

गण्डकीमा मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिने

Ujyalosandeshonline 2594+ समाचार ( )
२३ वैशाख २०८१, आइतबार

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् । संविधानको धारा १६८ (४) अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र संसद्बाट विश्वासको मत लिइसक्नुपर्ने व्यवस्था छ । गत २५ चैतमा मुख्यमन्त्री नियुक्त भएका अधिकारीले सोमबारसम्म विश्वासको मत लिइसक्नुपर्छ । 

मुख्यमन्त्री अधिकारीले आइतबार प्रदेशसभाबाट विश्वासको मत लिने कार्यक्रम तय भएको सरकारका प्रवक्ता एवम् अर्थमन्त्री हरिबहादुर चुमानले जानकारी दिए । 

६० सदस्यीय प्रदेशसभामा नेकपा एमालेका २२, नेकपा माओवादी केन्द्रका सभामुखसहित ८ र स्वतन्त्र सांसद दीपक मनाङे गरी ३१ सांसदको हस्ताक्षर बुझाएर अधिकारी मुख्यमन्त्री बनेका थिए । तर कांग्रेसले भने सभामुखबाट राजीनामा नदिई सभामुखले मुख्यमन्त्री नियुक्तिको पक्षमा हस्ताक्षर गर्न नमिल्ने भन्दै अदालत पुगेको थियो । सर्वोच्च अदालतले संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्री नियुक्त अधिकारीको पक्षमा बहुमत रहे, नरहेको बारेमा प्रदेशसभामा परीक्षण हुन दिनुपर्ने भन्दै कांग्रेसको रिट खारेज गरिदिएको थियो । 

आइतबार मुख्यमन्त्री अधिकारीले प्रदेशसभामा ३१ सांसदको समर्थन जुटाए विश्वासको मत प्राप्त गर्नेछन् ।  

हाल गण्डकीमा तीन सदस्यीय मन्त्रिपरिषद् छ । माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले अधिकारीसँगै विना विभागीय मन्त्रीको शपथ लिएका थिए । अहिले चुमान अर्थमन्त्री बनेका छन् भने मनाङेले भौतिकको जिम्मेवारी पाएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार