मुख्य समाचार
दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ |

प्रधानमन्त्री कप क्रिकेट :
प्रहरीको लगातार चौथो जित

Ujyalosandeshonline 12441+ समाचार ( )
८ माघ २०८०, सोमबार

भैरहवा । लगातार चौथो जित संगै नेपाल पुलिस क्लब प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको शिर्ष स्थानमा उक्लिएको छ । सोमबार भैरहवाको सिद्धार्थ क्रिकेट रङ्गशालामा भएको खेलमा पुलिसले शसस्त्र प्रहरीलाइ ५८ रनले हराएको छ । 

ललित राजवंशी बलिङ्गमा चम्किदा पुलिसले मध्यम स्कोरमा पनि जित बटुलेको छ । पहिले ब्याटिङ्ग गरेको पुलिसले ४१ ओभरमा आफ्ना सबै विकेट गुमाउदै १ सय ४५ रन बनाएको थियो । उसका लागि दिलिपनाथले ४४ रन बनाए । यस्तै अर्जुन साउदले ३१ तथा शंकर रानाले २२ रन बनाए ।  

बलिङ तर्फ शसस्त्रका भुवन कार्कीले ३ विकेट, अमर रौटेला तथा रमेश कुर्मिले समान २÷२ विकेट लिए ।  

१ सय ४६ रन लक्ष्य पाएको शसस्त्र ३४ ओभरमा आफ्ना सबै विकेट गुमाउदै ८७ रन मात्र जोड्न सक्यो । उसका लागि सन्दिप जोराले २५ रन र अमर रौटेलाले २३ रन बनाए । शसस्त्रका कप्तान रोहित पौडेल, लोकेश बम, मौषम ढकाल एवम रमेश कुर्मि शून्य रनमै आउट भएका थिए । 

बलिङलमा नेपाल पुलिसका ललित राजवंशीले ७ ओभरमा ४ मेडेन सहित ८ रन मात्र खर्चिए । राजवंशीले ५ विकेट लिदा पुलिसकै अर्का बलर रशिद खाँनले २ विकेट लिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार