मुख्य समाचार
रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक |

बालिकाहरुलाई तरुनी हुन नदिउ : अनुराधा कोइराला

Ujyalosandeshonline 11009+ समाचार ( )
१६ मंगशिर २०८१, आइतबार

काठमाडौं । माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले बालिकाहरुको अधिकार र संरक्षणप्रति गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याउँदै बालिकाहरुलाई उनीहरुको बालापन नै जिउन दिनुपर्ने बताएकी छन् ।

राष्ट्रिय एचआइभी महासंघद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले बालिकाहरुलाई समयभन्दा अगाडि परिपक्व बन्ने दबाब दिनु अनुचित रहेको बताइन् । उनले भनिन्, ‘बालिकाहरुलाई बालिका नै रहन दिउ । उनीहरुलाई तरुनी नबनाउ ।’

कोइरालाले बालिकाहरुको शिक्षामा सहज पहुँच, स्वास्थ्य सेवामा सरलता प्र्रदान गर्न आग्रह समेत गरेकी छन् । उनले भनिन्, ‘बालिकाहरुको उचित पालनपोषण, संरक्षण, र शिक्षाको पहुँच सुनिश्चित गर्नु हाम्रो सामूहिक दायित्व हो । उनीहरुको भविष्य सुनिश्चित गर्ने काम गर्न सबै पक्षले हातेमालो गर्नुपर्छ ।’

कोइरालाले एड्स दिवसलाई खासै मान्छेहरुले मान्यता नदिएको दुखेसो गरिन् । कार्यक्रममा एचआईभी÷ एड्स सम्बन्धी जनचेतना फैलाउन समाजका सबै पक्षले सक्रिय सहभागिता जनाउनुपर्नेमा जोड दिइन ।

उनले देश हाँकिरहेकाहरुले एचआईभी÷एड्स न्यूनीकरण र वालिका बचाउ अभियानमा लाग्नुपर्ने बताइन । देश सफा गर्न सबै जुट्नुपर्नेमा कोइरालाको भनाइ थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार