मुख्य समाचार
दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ |

सन्धिखर्कमा राष्ट्रिय स्वतन्त्र पार्टीको नगर समिति गठन, राजु खड्काको नेतृत्वमा नयाँ कार्यसमिति

अनिल नेपाली 141+ समाचार ( )
२५ श्रावण २०८२, शनिबार

अर्घाखाँची । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा नगर समिति गठन गरेको छ। राजु खड्काको सभापतित्वमा सर्वसम्मतले नयाँ कार्यसमिति चयन भएको हो। नगर भेलामार्फत गठित समितिको उपसभापतिमा प्रदिप बन्जाडे, सचिवमा सागर मरासिनी र कोषाध्यक्षमा खुमबहादुर महत चयन भएका छन्। त्यसैगरी, समितिको सहसचिव पद भने हाललाई रिक्त रहेको जनाइएको छ।

कार्यक्रममा पार्टीका लुम्बिनी प्रदेश सभापति देवराज पाठक लगायतका नेताहरूको उपस्थिति रहेको थियो। भेलालाई सम्बोधन गर्दै नेताहरूले नवगठित समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै पार्टीको संगठन विस्तार र राजनीतिक गतिविधिहरूलाई सक्रिय रूपमा अगाडि बढाउन आग्रह गरे ।

नवगठित कार्यसमितिमा कमला खत्री, बसन्ता घर्ती, बिमला भट्टराई, शोभा क्षत्री, राज भुसाल, कृष्ण बहादुर बस्नेत, बिबश थापा, सरिता भुसाल र कृष्ण खत्री सदस्य रहेका छन्। साथै, कृष्णहरि भुसाल र बाबुराम थापा रहेको सल्लाहकार समिति र शोभाखर मरासिनीलाई र्‍याट संयोजकको जिम्मेवारी दिइएको छ। नवगठित समितिले सन्धिखर्कमा पार्टीका नीति तथा कार्यक्रमहरूलाई जनतामाझ लैजाने र संगठनलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार