मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

कांग्रेसमा बीपीको नाम लिएर उम्किने परिपाटीको विकास भएको छ : गगन थापा

Ujyalosandeshonline 12461+ समाचार ( )
५ पौष २०८१, शुक्रबार

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बीपी कोइरालाको नाम लिएर आफूलाई मन लागेका कुराहरु भन्ने परिपाटी कांग्रेसमा विकसित भइरहेको बताएका छन् ।

शुक्रबार कैलाश कोइरालाद्वारा लिखित उपन्यास ‘शास्त्र’को विमोचन कार्यक्रममा बोल्दै उनले पार्टीभित्र नेताहरुले आफूलाई भन्न मन लागेको कुराहरु बीपीको नाम लिएर भन्ने गरेकोप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

उनले भने, ‘हाम्रो पार्टीभित्र कसैलाई आफूलाई मन लागेको कुरा भन्नुप¥यो भने कहाँ गएर खोज्ने भने बीपीले यस्तो भन्नुभएको थियो भनेर सुरु गर्ने परिपाटी छ । तर बीपीले हामीमाझ आएर मैले यस्तो भनेको होइन भन्नुहुन्न । तर हामीलाई बीपीकै नाम लिएर सजिलोसँग उम्किने बाटो भएको छ ।’

त्यस्तै महामन्त्री थापाले नेपाली कांग्रेस पार्टीमा पछिल्लो समय कसैलाई संघीयता मन परेको छैन, कसैलाई संविधान मन नपरेको होला तर सबैलाई बीपीको नाम जोड्दा सजिलो भएको बताए ।

साथै उनले कांग्रेस पार्टी किन छ भनेर बुझ्न जरुरी रहको बताए । उनले पार्टीमा सक्रिय भइसकेपछि एकदुईवटा कुरा मात्र सोचेर बस्न नहुने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार