मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

तिलोत्तमा नगरपालिका कार्यसम्पादनमा देशकै दोस्रो

Ujyalosandeshonline 12461+ समाचार ( )
३ भाद्र २०८२, मङ्गलबार

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका, स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) मा आर्थिक वर्ष २०८०/०८१ को कार्यसम्पादन नतिजामा देशकै दोस्रो उत्कृष्ट बनेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको नतिजा अनुसार तिलोत्तमा लुम्बिनी प्रदेशमा भने पहिलो स्थानमा रहन सफल भएको छ । नगरपालिकाले अघिल्लो आर्थिक वर्षको दोस्रो स्थानलाई यस वर्ष पनि कायम राखेको हो ।

मन्त्रालयको सूचना अनुसार, चितवनको खैरहनी नगरपालिका देशकै उत्कृष्ट हुँदै प्रथम स्थानमा आएको छ भने अघिल्लो वर्ष प्रथम भएको धादिङको नीलकण्ठ नगरपालिका यस पटक तेस्रो स्थानमा झरेको छ । त्यसैगरी, स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका चौथो, धादिङको बेनीघाट गाउँपालिका पाँचौँ र गुल्मीको रुरुक्षेत्र गाउँपालिका छैटौँ स्थानमा छनोट भएका छन् ।

स्थानीय तहको कार्यप्रक्रिया, उपलब्धि र शासकीय सुशासनको आवधिक समीक्षा गरी सुधारका क्षेत्र पहिचान गर्न लिसा मूल्याङ्कन गर्ने गरिन्छ । यस अवसरमा नगर प्रमुख रामकृष्ण खाँणले सफलताको लागि योगदान पुर्‍याउने सम्पूर्ण जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, कर्मचारी, नगरवासी र अन्य सबै सरोकारवालाहरूलाई आभार व्यक्त गर्नुभएको छ । छनोट भएका उत्कृष्ट पालिकाहरूलाई यही भाद्र ६ गते सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्री भगवती न्यौपानेको उपस्थितिमा सम्मान गर्ने कार्यक्रम तय गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार