मुख्य समाचार
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त |

मनसुन जेठ ३१ मा भित्रिने, १८ लाख मानिस प्रत्यक्ष प्रभावित हुने

Ujyalosandeshonline 12457+ समाचार ( )
२२ जेठ २०८१, मङ्गलबार

काठमाडौं । यस वर्षको मनसुन जेठ ३१ गते नेपाल भित्रिने भएको छ । मनसुन झन्डै चार महिना रहेर असोज १७ गते बाहिरिने प्रक्षेपण गरिएको छ । मनसुन अवधिभर १८ लाख जनसंखया प्रत्यक्ष प्रभावित हुने अनुमान गरिएको छ ।

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार परेको पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८१ मा मनसुनमा हुने अत्यधिक वर्षाका कारण बाढीपहिरो र डुबानबाट देशभर चार लाख १२ हजार घरपरिवारका १८ लाखभन्दा बढी जनसंख्यालाई असर गर्ने अनुमान गरिएको छ ।

प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले मनसुनजन्य विपद्बाट यो वर्ष १८ हजार परिवारलाई प्रत्यक्ष राहत उपलब्ध गराउनुपर्ने अनुमान गरिएको बताएका छन् ।

मनसुन अवधिमा सबैभन्दा धेरै कोशी प्रदेश र सबैभन्दा कम कर्णाली प्रदेश मनसुनजन्य विपद्बाट प्रभावित हुने प्राधिकरणले अनुमान गरेको छ ।

कोशी प्रदेशका झापा, मोरङ, सुनसरी र उदयपुर बाढीबाट र बाँकी सबै जिल्ला पहिरोबाट प्रभावित हुने अनुमान गरेको प्राधिकरणले कोशीमा २२ हजार घरपरिवारमा  प्रभावित हुन सक्ने तथा सो मध्ये पाँच हजार घरपरिवारलाई उद्धार र राहत आवश्यक पर्ने जनाएको छ ।

यस्तै, मधेश प्रदेशमा २० हजार घरपरिवार प्रत्यक्ष प्रभावित हुने र चार हजारभन्दा बढी घरपरिवारलाई उद्धार तथा राहत आवश्यक पर्ने, बागमतीमा सात हजार घरपरिवार प्रत्यक्ष प्रभावित हुन सक्ने र एक हजार पाँच सय घरपरिवारलाई राहत तथा उद्धार आवश्यक हुने पूर्वानुनुमान गरिएको छ । लुम्बिनी प्रदेशमा १५ हजार पाँच सय, सुदूरपश्चिम प्रदेशमा पाँच हजार पाँच सय र सुदूरपश्चिममा करिब एक हजार पाँच सय घरपरिवार मनसुनबाट प्रत्यक्ष प्रभावित हुने पूर्वानुमान छ ।

मनसुनजन्य विपद्मा परेका नागरिकको उद्धार, पुनस्र्थापना तथा राहतका लागि नेपाली सेना, सशस्त्र बल, नेपाल प्रहरीका गरी ३१ हजारभन्दा बढी सुरक्षाकर्मी प्रत्यक्ष रूपमा परिचालन गर्ने तयारी गृह मन्त्रालयको छ ।  मन्त्रालयले विपत् न्यूनीकरण, उद्धार तथा राहतका लागि मन्त्रालयका सहसचिवको नेतृत्वमा कमान्ड सेन्टर स्थापना गर्ने, काठमाडौं, सुर्खेत, इटहरी, भरतपुर र पोखरामा हेलिकोप्टर तयारी अवस्थामा राख्ने, अवरुद्ध सडक खुलाउन आवश्यक साामग्री र जनशक्ति तयारी अवस्थामा राखिने लगायतका योजना बनाएको छ ।

यस्तै, बाढी पहिरोको कहरबाट नागरिक बच्न बचाउन सातै प्रदेशमा कम्तीमा पाँच वटा हिसाबले ३५ वटा बेलिब्रिज राख्ने तयारीसमेत गृहले गर्ने जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार