मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

डीआईजी खत्रीद्वारा रुपन्देहीका सीमावर्ती प्रहरी इकाइको निरीक्षण; सुरक्षा व्यवस्था कडा पार्न निर्देशन

Ujyalosandeshonline 12461+ समाचार ( )
२४ वैशाख २०८३, बिहीबार

भैरहवा । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) भूपेन्द्र बहादुर खत्रीले रुपन्देहीका विभिन्न सीमावर्ती प्रहरी इकाइहरूको स्थलगत निरीक्षण तथा अनुगमन गर्नुभएको छ। निरीक्षणका क्रममा उहाँले इलाका प्रहरी कार्यालय मझगावाँसहित प्रहरी चौकी बगौली, पाण्डे पिप्रहवा, मुडिला करौता र रोईनिहवाको अवस्थाबारे जानकारी लिनुभएको हो।

सो अवसरमा डीआईजी खत्रीले सीमा सुरक्षालाई थप सुदृढ बनाउन, अपराध न्यूनीकरण गर्न र खुला नाकाको प्रभावकारी व्यवस्थापनका लागि मातहतका प्रहरीलाई विशेष निर्देशन दिनुभयो। उहाँले नागरिकमैत्री प्रहरी सेवा प्रवाहमा जोड दिँदै विपद् व्यवस्थापन र ट्राफिक सुरक्षा सामग्रीको उचित प्रयोग गर्न समेत आग्रह गर्नुभयो।

साथै, प्रहरी कर्मचारीहरूलाई उच्च अनुशासनमा रहन, ड्युटी व्यवस्थापन चुस्त राख्न र कार्यालयको भौतिक संरचनाको मर्मत-सम्भारमा ध्यान दिन उहाँको निर्देशन थियो। निरीक्षणकै क्रममा डीआईजी खत्रीले नेपाल-भारत सीमा क्षेत्रको समेत अवलोकन गर्नुभएको थियो। सो क्रममा उहाँले भारतीय सीमा सुरक्षा बल (एसएसबी) का अधिकारीहरूसँग भेटघाट गरी सीमा सुरक्षा र आपसी समन्वयका विषयमा छलफल गर्नुभएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार