मुख्य समाचार
सुदूरपश्चिम खेलको उर्वर भूमि होः मुख्यमन्त्री भट्ट | बूढीगण्डकी बाढीः चार जलविद्युत् आयोजनामा क्षति | चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध | बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह | रसुवा जोड्ने बेत्रावतीको बेलिब्रिज सञ्चालनमा | नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड | बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात | बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे | गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न सरकार कटिबद्ध छ: सांसद पुनम अग्रवाल | पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध |

विगतका शासकको दिमागमा चढ्दै नचढेको विकासको काम एमालेले गरेको छ : शंकर पोखरेल

Ujyalosandeshonline 12498+ समाचार ( )
१२ असार २०८२, बिहीबार

काठमाडौं ।  नेकपा एमालेका महासचिव शंकर पोखरेलले युवालाई विदेश पलायनबाट रोक्नु आजको प्रमुख चुनौती भएको बताएका छन् । नेकपा एमाले काठमाडौं जिल्ला कमिटी बैठकलाई बिहीबार सम्बोधन गर्दै पोखरेलले नेपाली युवा बाध्यताले मात्र विदेश गएका नभई विदेश जाने रहर पनि भएको बताएका हुन् । 

उनले यो लाहुरे संस्कृतिकै निरन्तरता भएको स्पष्ट पारे । हिजो भारतमा ठुलो सङ्ख्यामा जाने युवाहरू आज तेस्रो मूलकमा जाने गरेका पोखरेलले बताए ।  

नयाँ पुस्तालाई राज्य, राजनीति र समाजसँग जोड्दा मात्र उनीहरूको पलायन रोक्न सकिने पोखरेलले बताए । सरकारको अहिलेको बजेट र कार्यक्रमले नयाँ पुस्तालाई नेपाल निर्माणको आधार बनाउने प्रयत्न गरेको उनको दाबी छ । ‘हाम्रो ध्यान जहाँ समस्या छ त्यहाँ समाधान खोज्नु पर्छ भन्ने कुरामा केन्द्रित भएको छ’, उनले भने । 

बजेट र कार्यक्रमले देशमा रोजगारी र स्वरोजगारी सिर्जनालाई प्राथमिकतामा राखेको उनले दाबी गरे । त्यसको लागि उद्योग व्यवसायमा स्टार्टअपका योजना ल्याइएको उनले प्रष्ट पारे । यस वर्षको नीति, कार्यक्रम र बजेट प्रभावकारी रहेको पोखरेलका भनाइ छ । ‘यो कार्यक्रमले युवालाई देश भित्र राख्ने प्रयत्न गरेको छ’, उनले भने । 

बजेटका सन्दर्भमा केही गुनासा र आलोचना भए पनि समग्रमा बजेट सन्तुलित र प्रभवकारी भएको उनले बताए । यसको प्रभावकारी कार्यान्वयन हुने हो भने धेरै समस्या समाधान गर्न सक्ने उनको धारणा छ । 

उनले आधुनिक राष्ट्र निर्माणको पर्याय नेकपा एमाले भएको दाबी पनि गरे ।  ग्याँस र फलाम खानी पत्ता लगाउने तथा देशको आमूल परिवर्तन गर्ने योजना सुरु गरेर एमालेले राष्ट्र निर्माणको अभियान छेडेको उनको धारणा छ । ‘देश बनाउन सक्छ एमालेले भन्ने सन्देश हामीले पुष्टि गरेका छौँ, एमाले कुरा मात्र होइन कामद्वारा आफूलाई पुष्टि गर्दछ, विगतका शासकको दिमागमा चढ्दै नचढ्ने काम हामीले गर्न सफल भएका छौँ’, उनले भने । 

उनले अहिले पार्टी नेतृत्वका विषयमा बहस गर्ने बेला नभएको भन्दै बेला न कुबेला नेतृत्वको बहस गरेर पार्टीमा विभाजनको वातावरण बनाउन नहुने बताए । अधिवेशनको बेला नेतृत्वको बारेमा छलफल गरेर त्यसलाई टुङ्गाउने सामथ्र्य राख्ने पार्टी एमाले भएको उनले दाबी गरे । पार्टीमा कुनै सैद्धान्तिक र वैचारिक मतभेद नरहेकोले यति बेला सबैले पार्टीलाई बलियो बनाएर लैजानु पर्नेमा पोखरेलले जोड दिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार