मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

संसद्मा गुञ्जिनेछ भोजपुरी: कन्हैया बनियाले मातृभाषामा शपथ लिने तयारी

Ujyalosandeshonline 12461+ समाचार ( )
१० चैत्र २०८२, मङ्गलबार

मर्चवार । रुपन्देही क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित कन्हैया बनियाले आफ्नो पद तथा गोपनीयताको शपथ भोजपुरी भाषामा लिनुहुने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बनियाले आफ्नो मातृभाषाप्रतिको सम्मान प्रकट गर्दै शपथका लागि भोजपुरी भाषा रोज्नुभएको हो । संघीय संसद् सचिवालयले नेपालीबाहेकका अन्य मातृभाषामा शपथ लिन चाहने सांसदहरूका लागि उपलब्ध गराएको समयसीमाभित्रै उहाँले भोजपुरीमा शपथ लिने गरी आफ्नो विवरण बुझाउनुभएको छ ।

यसअघि २०७९ सालको निर्वाचनमा लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित हुँदा पनि बनियाले भोजपुरी भाषामै शपथ लिनुभएको थियो । सोही परम्परालाई निरन्तरता दिँदै उहाँले संघीय संसद्मा पनि आफ्नै मातृभाषा रोज्नुभएको हो । संसद् सचिवालयले मातृभाषामा शपथ लिन चाहनेहरूका लागि सोमबारसम्म नाम टिपाउने समय तोकेको थियो ।

गत फागुन २१ गते सम्पन्न निर्वाचनबाट निर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण कार्यक्रम आगामी चैत १२ गतेका लागि तय गरिएको छ । उक्त समारोहमा नवनिर्वाचित सांसदहरूलाई ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउनुहुने कार्यक्रम रहेको छ । आफ्नो क्षेत्रका नागरिक र मातृभाषाको प्रतिनिधित्व गर्दै बनियाले लिन लाग्नुभएको यो शपथलाई विशेष चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया

Sahas Ram Kohar १० चैत्र २०८२, मङ्गलबार

Very good 👍

Rambali mallah १० चैत्र २०८२, मङ्गलबार

जय नेपाल 🇳🇵जय भोजपुरीया सामज जय हो मार्चवारी माई 🙏जय मायादेवी जय हो पुरा सामज के चारनो मे नामान कारत बाटी🙏🙏🙏🙏🙏💐💐💐💐💐🔔🔔🔔🔔💐💐🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏💐💐🔔

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार