स्थानीय तहका अर्बौँका उपकरण कवाडी बन्दै

Ujyalosandeshonline 11144+ समाचार ( )
१० पौष २०८०, मङ्गलबार

झापा स्थानीय तहको पुनसंरचनासँगै अधिकार सम्पन्न भएका स्थानीय तहले अध्ययन तथा आवश्यकता पहिचानबिनैहेभी ईक्युपमेन्ट खरीद गरे भौतिक पुर्वाधार बिकासमाकायापलट गर्ने उदेश्य राखेर स्थानीय तहले करोडौं रकमको उपकरण खरीद गरेका थिए तर, बर्ष नपुग्दै अधिकांस हेभी ईक्युपमेन्ट कवाडीमा परिणत हुने अवस्थामा पुगेका छन्

कतिपय उपकरण स्थानीय तहले निर्माण गर्नै नसक्ने गरी बिग्रिएको पाइएको लहडका भरमा करोडौं खर्चिएर खरिद गरिएका उपकरण अहिले कवाडीमा परिणत हुन थालेका छन् उपकरण व्यवस्थापन सञ्चालनका लागि नियुक्त गरिएका कर्मचारीलाई बिना काम तलब दिनुपर्दा थप आर्थिक भार बहन गर्नु परेकोे

त्यतिबेला उपकरण खरिदमा स्थानीय तहमा ठुलो कमिसनको चलखेल भएको आरोप लागेको थियो खरिदमा होडवाजी भएका कारण पनि त्यस्तो आरोप लागेको हो आवश्यकता प्रभावकारिता मुल्यांकन नगरी खरीद गरिएका यस्ता उपकरण अहिले बेवारिसे बन्दै गएका छन्

आर्थिक मन्दीका कारण बिकास निर्माणमा पर्याप्त बजेट बिनियोजन नहुँदा सोचेअनुरुप भौतिक पुर्वाधारको काम भएको छैन स्थानीय तहका निर्माण उपकरण कतै थन्किएका छन् भने कतै बिग्रिएर मर्मत गर्नै नसक्ने अवस्थामा पुगेका छन्

झापाको अर्जुनधारा नगरपालिकाले रोलर, टिपर, ग्रेडर, पानी ट्याङकी, जेसीबी, मिनि टिपर दुईवटा ट्याक्टर खरीद गरेको थियो नगरलेसवारी साधन सञ्चालन कानुन बनाएर नगरपालिकाभित्र भाडामा समेत दिइरहेका ती उपकरण सञ्चालनमा ठुलो आर्थिक भार बहन गर्नु परिरहेको

नगरपालिकाले महत्वकांछी प्रोजेक्टका रुपमा ग्रेडर खरीद गरेको थियो बिकास निर्माणमा कायापलट गर्ने तथा नगरपालिकाभित्र हुने पुर्वाधार बिकासलाई सहज बनाउने उदेश्यका साथ खरीद गरिएको ग्रेडर विगत १० महिनादेखि नगरपालिकाको ग्यारेजमा थन्किएको ईञ्जिनमा समस्या उत्पन्न भएको सो ग्रेडर मर्मतका लागि १८ देखि २५ लाख रुपैंयाँसम्म खर्च आउने हुँदा नगरपालिकाले मर्मतका लागि चासो देखाएको छैन अझ नगरले ग्रेडर सञ्चालनमा आउने नदेखेपछि त्यसका अपरेटरलाई जागिरबाट बिदा दिएको

अरु उपकरण सञ्चालन भइरहेका भएपनि क्षमता बमोजिमकोजब पाउन सकेका छैनन् पुर्वाधार निर्माणको सुस्तताका कारण उपकरण त्यसका कर्मचारी अहिले फुर्सदमा छन् उपकरण ग्यारेजमा थन्क्याएपनि कर्मचारीलाई तलब दिइरहेको त्याक्टर भने फोहोर व्यवस्थापनमा प्रयोग भइरहेको

अचम्मको कुरा के भने, अर्जुनधारा नगरपालिकाले ट्याक्टरमा जडान भएको नाला सफा गर्ने उपकरण खरिद गरेको थियो जबकी नगरपालिका भरमा एउटा पनि नाला नभएको समयमा त्यो उपकरण खरिद गरियो खरिद गरेको झण्डै बर्ष बित्न लाग्दासमेत सो उपकरण प्रयोगमा आउन सकेको छैन नगरपालिकाको ग्यारेजमा राखिएको त्यो उपकरणमा यतिबेला झार उम्रिन थालेको

बिर्तामोड नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएको पहिलो बर्षमै निर्माण उपकरण खरीद गर्ने निर्णय गर्दै करोडौंका सामग्री खरीद गरियो भौतिक पुर्वाधार निर्माणमा तिब्रता दिने भन्दै प्रचार पनि राम्रै गरियो तर, बर्षपनि नबित्दै ७५ प्रतिशत उपकरण बेकामे बनेका छन्

ती उपकरण अहिले लिलामी गर्ने निर्णय नै नगरपालिकाले गरिसकेको कार्यपालिका सदस्य जगतबहादुर राजबंशीले जानकारी दिए नगरपालिकामा हाल जेसीबी , ग्रेडर , रोलर , ट्याक्टर , टिपर , पानी ट्याङकी वटा रहेका छन् जसमध्ये एउटा जेसीबी, ग्रेडर रोलरमात्र सञ्चालनमा

बिग्रिएका उपकरण मर्मत गर्न नगरका कर्मचारीले आनाकानी गरेका कारण धेरै उपकरण कवाडीमा परिणत हुँदै गएको उनले बताए उपकरण खरिद गर्दाका निर्णय गर्ने उपमेयर हाल मेयर छिन् तर, उपकरण मर्मत सम्भारमा उनले चासो नदिएको स्थानीयको गुनासो

कनकाई नगरपालिकाले स्काभेटर, जेसीबी, टिपर, ट्याक्टर खरिद गरेको त्यहाँ रहेको जेसीबी हाल मर्मत हुनै नसक्ने गरी बिग्रिएको नगरपालिकाका जिन्सी शाखा प्रमुख भोजराज आचार्यले जानकारी दिए त्यो जेसीबी केही महिनादेखि कनकाईको बगरमा बेवारिसे अवस्थामा नगरपालिकाले जेसीबी उठाएर मर्मत गर्नेसम्म फुर्सद पाएको छैन आचार्यले अरु उपकरणपनि नियमित रुपमा प्रयोगमा आउन सकेका छैनन्

शिवसताक्षी नगरपालिकामा जेसीबी, रोलर, ट्याक्टर , लोबेड, टिपर वटा खरिद गरिएको जेसीबी टिपर बिग्रिएर मर्मतका लागि ग्यारेजमा पु¥याईएको भने अरु उपकरण ठिक छन् तर, काम नभएका कारण ती उपकरण प्रयोग गर्न सकिएको छैन

यी चारवटा स्थानीय तहका उपकरण उदाहरण मात्र हुन् झापाका १५ वटै स्थानीय तहले खरीद गरेका उपकरण प्रयोग हुन सकेका छैनन् कतिपय स्थानीय तहले खरिद गरेका उपकरण यतिबेलाघाँडो भएका छन् केही स्थानीय तहले उपकरण बिक्री गर्ने निर्णय गरेपनि कानुन बाधक बनेको कार्यालय प्रमुखले १० लाख मुल्य बराबरको सामाग्रीको मात्र लिलाम सम्बन्धी प्रक्रिया शुरु गर्न सक्ने भएकाले उपकरण बिक्रीमा समस्या भएको

आर्थिक कार्यविधि नियमावली २०६४ का अनुसार त्यो भन्दा बढी मुल्यको सामाग्री लिलाम गर्नुपरे सम्बन्धित बिभाग वा मन्त्रालयको अनुमति लिनुपर्छ झन्झटिलो प्रक्रिया भएका कारण स्थानीय तहले निर्णय गरेपनि उपकरण लिलाम गर्न सकेका छैनन्

कमिसनको लोभमा करोडौ रकम खर्चिएर खरिद गरिएका उपकरणको सही सदुपयोग हुन नसक्दा राज्य स्रोतको दुरुपयोग भएको पाइएको यसप्रति नियमनकारी निकायले बेवास्ता गर्दा यस्ता अनियमितालाई झन् प्रोत्साहन पुग्दै गएको

प्रतिक्रिया

सम्बन्धित समाचार