मुख्य समाचार
दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ |

प्रलोपा र रास्वपाका नेताहरुद्वारा राप्रपा उम्मेदवार गौरव बोहरालाई समर्थन, पार्टी परित्यागको घोषणा

Ujyalosandeshonline 12441+ समाचार ( )
१७ फाल्गुन २०८२, आइतबार

भैरहवा, १७ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको सरगर्मी बढिरहेका बेला रुपन्देही क्षेत्र नम्बर ३ मा राजनीतिक ध्रुवीकरण तीव्र बनेको छ। आइतबार प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) की केन्द्रीय सदस्य एवं समानुपातिक उम्मेदवार विमलादेवी वि.क. र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्थानीय नेता राजकुमार श्रेष्ठले आफ्नो पदबाट राजीनामा दिँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवारलाई समर्थन गर्ने घोषणा गरेका छन । 

प्रगतिशील लोकतान्त्रिक पार्टीकी केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्यकी समानुपातिक उम्मेदवार विमलादेवी वि.क.ले पार्टीको साधारण सदस्य र उम्मेदवारको सूचीबाट समेत राजीनामा दिनुभएको छ। पार्टी संयोजकलाई सम्बोधन गर्दै बुझाइएको राजीनामा पत्रमा उहाँले मुलुकमा बढ्दो विदेशी हस्तक्षेप र धर्म-संस्कृतिमाथि भइरहेको प्रहारप्रति चिन्ता व्यक्त गर्नुभएको छ।

वि.क.ले भनेकी छ्न, "मुलुकको वर्तमान अवस्था र राष्ट्रियतामाथि भइरहेको प्रहारले मलाई चिन्तित बनाएको छ। त्यसैले राष्ट्रभक्ति शक्तिलाई बलियो बनाउन मैले राप्रपाका उम्मेदवार वरिष्ठ पाइलट गौरव बोहरालाई समर्थन गर्ने निर्णय गरेकी हुँ।" उनले सम्पूर्ण राष्ट्रवादी शक्तिहरूलाई 'हलो' चिन्हमा मतदान गर्न समेत अपिल गरेकी छन ।

त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ का सभापति राजकुमार श्रेष्ठले पनि पार्टी परित्याग गरी राप्रपामा प्रवेश गरेको घोषणा गरेका छन । आइतबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गर्दै श्रेष्ठले रास्वपाको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारी त्यागेको जानकारी दिए।

राप्रपाका एजेण्डाहरूको प्रशंसा गर्दै श्रेष्ठले भने,  "राजसंस्था, हिन्दूराष्ट्रको पुनर्स्थापना, संघीयताको खारेजी र भ्रष्टाचार अन्त्यका लागि राप्रपाको एजेण्डा नै अहिलेको आवश्यकता हो। त्यसैले रुपन्देही ३ मा वरिष्ठ क्याप्टेन गौरव बोहरालाई जिताउन म राप्रपामा समाहित भएको छु।

निर्वाचनको मुखैमा अन्य दलका प्रभावशाली नेताहरूले राप्रपाका उम्मेदवार गौरव बोहरालाई समर्थन गरेपछि रुपन्देही क्षेत्र नम्बर ३ को चुनावी प्रतिस्पर्धा थप रोचक बनेको छ। बोहरालाई समर्थन गर्नेहरूले मुलुकको रक्षा र सुशासनका लागि 'हलो' चिन्ह नै निर्विकल्प रहेको दाबी गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार