मुख्य समाचार
सशस्त्र प्रहरीद्वारा सीमा क्षेत्रमा कडाइ: ७ महिनामा १ अर्ब ३३ करोडभन्दा बढीको अवैध सामग्री बरामद | मदिरा व्यवसायी संघ भैरहवाद्वारा स्थापना दिवसको अवसरमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग | मर्चवारमा महिलाको हत्यामा संलग्न रहेको आरोपमा चार जना पक्राउ | वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न |

पूर्वसांसद आलमलाई गाउँमा भव्य स्वागत गरिने, पीडित सर्वोच्च जाने

Ujyalosandeshonline 12617+ समाचार ( )
१७ जेठ २०८२, शुक्रबार

रौतहट । रौतहटको राजपुर बमकाण्ड अभियोगमा जेलमा रहेका नेपाली कांग्रेस नेता तथा पूर्वसांसद मोहम्मद आफताब आलमसहित चार जनाले अदालतबाट सफाइ पाएपपछि मिश्रित प्रतिक्रिया आएको छ । उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जका न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले बुधवार आलमसहित उनका भाइ मोहम्मद महताद आलम, शेख सराज र बद्रि सहनीलाई जिल्ला अदालत रौतहटको फैसला उल्ट्याउँदै सफाइ दिएको हो ।

यो सगै आलमका समर्थकहरुले खुसीमा पट्का पडएका छन भने पीडितहरू भने असन्तुष्ट बनेका छन् ।२२ वर्षको उमेरमा छोरालाई इँटा भट्टामा जलाइएको त्रिलोकप्रताप सिंहका बुवा श्रीनारायण सिंहले उच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । उच्च अदालत वीरगंज इजलासले मोहम्मद आफताब आलमलाई रिहा गर्ने फैसला गरेपछि सिंहले सर्वोच्च अदालत जाने बताए । 

तर आलमसहित चार जनाले अदालतबाट सफाइ पाएपपछि छुट्टने दिन नै साँझ नाराबाजी जुलुससहित पटका पडकाएका हुन । पूर्वसांसद आलमका भाइ मोहम्मद महताद आलम गौर कारागारबाट छुटेपछि समर्थकहरुले फुलमाला लगाइए दिएका थिए । सो क्रममा आलमले प्रतिक्रिया दिंदै सत्यको विजय भएको बताए । यसअघि पनि र अहिले पनि अदालतको फैसलाको सम्मान गर्दै आएको उनले बताए । 

पूर्वसांसद मोहम्मद आफताब आलम रिहाई भएपनि शनिबार (भोलि)रौतहट आउने तय भएको तरुण दलका केन्द्रीय सदस्य शेख नौसाद आलमले बताए । उनी हवाइमार्ग हुँदै सिमरा आउने र त्यहाँवाट समर्थकका साथ गाउँ आउने तय भएको उनले जानकारी दिए ।

पूर्वसांसद आलमको गाउँमा भव्य स्वागत गर्ने तयारी गरिएको उनले बताए । ०६४ चैत्र २८ गते भएको पहिलो संबिधान सभा निर्वाचनको अघिल्लो दिन बम बिस्फोटमा परी घाइते भएकाहरुलाई जिउँदै ईंटाभट्टा जलाएर हत्या गरेको आरोपमा जिल्ला अदालत गौरले मोहम्मद अफताब आलमसहितलाई ०८१ वैशाख १४ गते जन्मकैदको फैसला गरेपछि जेलमा थिए । ५ बर्ष ८ महिना ८दिन कारागार जीवन बिताएका आलम अदालतको फैसलासँगै निर्दोष साबित भएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार