मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

सीमानाकाका सीमास्तम्भहरु मर्मत गर्दै शसस्त्र,पहिलो चरणमा १ हजार सीमास्तम्भवको मर्मत गरिने

Ujyalosandeshonline 11768+ समाचार ( )
१६ कार्तिक २०८०, बिहीबार

 जनकपुर । शसस्त्र प्रहरी बलले मधेश प्रदेशका ८ ओटै जिल्लामा रहेका सीमास्तम्भहरुको पुर्ननिर्माण, मर्मत तथा सम्भार र रंगरोगनको काम आजबाट सुरु गरेको छ । सशस्त्र प्रहरी बलले नेपाल– भारत सीमानाकामा रहेका सीमा स्तम्भहरुको पुर्ननिर्माण, मर्मत सम्भार र रंगरोगनको काम थालेको हो । 

सीमा नाकामा रहेका करिव चार हजार भन्दा बढि सीमा स्तम्भहरुमध्ये अहिलेलाई १ हजार सीमा स्तम्भको मर्मत र रंगरोगनको काम सुरु गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालयका प्रमुख दीपेन्द्र शाहले बताए ।

मधेशको आठवटै जिल्लामा आजबाट उक्त कार्यको सुरु भएको छ । धनुषा जिल्लामा पर्ने मात्र करिव १ सय ५० भन्दा बढी सीमा स्तम्भको मर्मत र रंगरोगन गर्नुपर्ने शसस्त्र प्रहरी बल धनुषाका प्रहरी उपरिक्षक दिनेश मल्लले जानकारी दिए ।  बिहीबार धनुषाको सीमावर्ती नगरपालिका नगराईन नगरपालिकाको वडा नं. २ जटही नाका छेउको सिमा नं. २८५÷४ बाट उक्त कार्यको सुरुवात भएको  छ ।

२०७७ साल श्रावन १९ गतेको मन्त्रिपरिषद् निर्णयबाट सीमाका ती स्तम्भहरु मध्ये विजोरा नम्बरका सीमास्तम्भहरुको पुर्ननिर्माण, मर्मत सम्भार रंगरोगनको काम नेपाल पक्षले गर्ने निर्णय बमोजिम सो कार्यको थालनी भएको हो । दुवै पक्षका सीमा सुरक्षाबलका प्रमुखहरुले उक्त कार्यले सीमा स्तम्भसँगै दुई देशबीचको सुरक्षा, सदभाव र प्राविधिक जटिलताको समाधान हुने बताएका छन् ।

सो अवसरमा नगराई नगरपालिकाका प्रमुख विनय कुमार यादव, मुखियापट्टी मुसहरनिया गाँउपालिकाका अध्यक्ष जय कुमार यादव, सम्बन्धित वडा अध्यक्ष, शसस्त्र प्रहरी बल धनुषाका प्रहरी उपरिक्षक दिनेश मल्ल, जिल्ला प्रशासन कार्यालय धनुषासहितका अधिकारीहरुले उपस्थिती जनाए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार