मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

सीमानाकाका सीमास्तम्भहरु मर्मत गर्दै शसस्त्र,पहिलो चरणमा १ हजार सीमास्तम्भवको मर्मत गरिने

Ujyalosandeshonline 12611+ समाचार ( )
१६ कार्तिक २०८०, बिहीबार

 जनकपुर । शसस्त्र प्रहरी बलले मधेश प्रदेशका ८ ओटै जिल्लामा रहेका सीमास्तम्भहरुको पुर्ननिर्माण, मर्मत तथा सम्भार र रंगरोगनको काम आजबाट सुरु गरेको छ । सशस्त्र प्रहरी बलले नेपाल– भारत सीमानाकामा रहेका सीमा स्तम्भहरुको पुर्ननिर्माण, मर्मत सम्भार र रंगरोगनको काम थालेको हो । 

सीमा नाकामा रहेका करिव चार हजार भन्दा बढि सीमा स्तम्भहरुमध्ये अहिलेलाई १ हजार सीमा स्तम्भको मर्मत र रंगरोगनको काम सुरु गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालयका प्रमुख दीपेन्द्र शाहले बताए ।

मधेशको आठवटै जिल्लामा आजबाट उक्त कार्यको सुरु भएको छ । धनुषा जिल्लामा पर्ने मात्र करिव १ सय ५० भन्दा बढी सीमा स्तम्भको मर्मत र रंगरोगन गर्नुपर्ने शसस्त्र प्रहरी बल धनुषाका प्रहरी उपरिक्षक दिनेश मल्लले जानकारी दिए ।  बिहीबार धनुषाको सीमावर्ती नगरपालिका नगराईन नगरपालिकाको वडा नं. २ जटही नाका छेउको सिमा नं. २८५÷४ बाट उक्त कार्यको सुरुवात भएको  छ ।

२०७७ साल श्रावन १९ गतेको मन्त्रिपरिषद् निर्णयबाट सीमाका ती स्तम्भहरु मध्ये विजोरा नम्बरका सीमास्तम्भहरुको पुर्ननिर्माण, मर्मत सम्भार रंगरोगनको काम नेपाल पक्षले गर्ने निर्णय बमोजिम सो कार्यको थालनी भएको हो । दुवै पक्षका सीमा सुरक्षाबलका प्रमुखहरुले उक्त कार्यले सीमा स्तम्भसँगै दुई देशबीचको सुरक्षा, सदभाव र प्राविधिक जटिलताको समाधान हुने बताएका छन् ।

सो अवसरमा नगराई नगरपालिकाका प्रमुख विनय कुमार यादव, मुखियापट्टी मुसहरनिया गाँउपालिकाका अध्यक्ष जय कुमार यादव, सम्बन्धित वडा अध्यक्ष, शसस्त्र प्रहरी बल धनुषाका प्रहरी उपरिक्षक दिनेश मल्ल, जिल्ला प्रशासन कार्यालय धनुषासहितका अधिकारीहरुले उपस्थिती जनाए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार